‘एसईई’को नम्बरमा चित्त नबु्झेकाहरुले पुनर्योगका लागि निवेदन दिने आज अन्तिम दिन
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षामा प्राप्त नम्बरमा चित्त नबु्झेकाहरुले पुनर्योगका लागि निवेदन दिने म्याद आज सकिँदै छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले पुनर्योग गर्न चाहनेका लागि यही साउन ५ गते (आज) सम्म आवेदन दिन आग्रह गरेको थियो ।
पुनर्योगका लागि सम्बन्धित शिक्षा विकास तथा समन्वय एकाइमा वा सिधै भक्तपुरको सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालयमा गएर पुनर्योगका लागि आवेदन दिन सकिने परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले जानकारी दिए ।
गत चैत १७ गतेदेखि सन्चालित एसईई परीक्षाको नतिजा गत असार २१ गते सार्वजनिक भएको थियो । एसईईको पूरक परीक्षा यही साउन २६ र २७ गते हुँदैछ । परीक्षार्थीहरुले बढीमा दुई विषयमा ग्रेड वृद्धिका लागि पुरक परीक्षा दिन पाउँछन् ।
एसईईको प्रमाण पत्रमा विद्यार्थीको नाम, थर र जन्ममिति सच्याउन परेमा नतिजा प्रकाशन भएको मितिले ६ महिनाभित्र सच्याउन सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
Comments
अरु समाचार
-
विद्यार्थी घट्दै गएपछि विद्यालय समायोजन गर्दै पालिका
काठमाडौं । नयाँ शैक्षिकसत्रका लागि भर्ना र पठनपाठन सुरु भएसँगै विद्यार्थी सङ्ख्यामा कमी आएपछि काभ्रेका स्थानीय तहले भूगोलका हिसाबले नजिकका...
-
दलका शिक्षकलाई बर्खास्त गर्न निर्देशन
काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले राजनीतिक दलको कार्यकारिणी समितिका सदस्य रहेको शिक्षक/कर्मचारीलाई कारबाही गर्न शिक्षा विकास तथा...
-
ग्लोबल आइएमई बैंकको उच्चशिक्षा कार्यक्रमः भारतमा उच्च शिक्षाका लागि जाने विद्यार्थीलाई शैक्षिक कर्जा
काठमाडाैँ । ग्लोबल आइएमई बैंक लिमिटेड र हब इन्टरनेशनल एजुकेशन प्रा. लि. बिच भारतमा उच्च शिक्षाका लागि जाने विद्यार्थीहरुलाई शैक्षिक...
-
सामुदायिक विद्यालयमा विद्यार्थी बढाउन कक्षा एकमा अङ्ग्रेजी
काठमाडौं । कैलालीको जानकी गाउँपालिकाले सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन यो शैक्षिक वर्षमा कक्षा १ देखि ३ सम्म अङ्ग्रेजी माध्यममा...
-
विद्यार्थी कम भएका सामुदायिक विद्यालय समायोजन
काठमाडौं । रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले १६ वटा सामुदायिक विद्यालयलाई समायोजन गरेको छ । गाउँ कार्यपालिकाको बैठकले विद्यार्थी सङ्ख्या न्यून...
-
विश्वविद्यालयहरूमा दलीय हस्तक्षेप हुँदैनः शिक्षामन्त्री श्रेष्ठ
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आफू र आफ्नो पार्टीका तर्फबाट विश्वविद्यालयहरूमा कुनै हस्तक्षेप नहुने बताएकी छन् ।...
-
प्रधानमन्त्री प्रचण्डको आह्वान– पढ्ने उमेरका सबै बालबालिकालाई विद्यालय पठाऔँ
काठमाडाैँ । आजदेखि विद्यालय भर्ना अभियान शैक्षिक सत्र २०८१ का शुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विद्यालय जाने...
-
डा. अनिलको पुस्तक बिक्रीबाट प्राप्त रकमबाट देशैभर छात्रवृत्ति प्रदान गरिने
काठमाडौं । मुटुरोग विशेषज्ञ डा.ओम मूर्ति अनिलद्वारा लिखित ‘जीवन्त सम्बन्ध’ बिक्रीबाट प्राप्त रकम देशका ७७ जिल्लाका गरिब तथा जेहेन्दार विद्यार्थीलाई...
-
नवप्रवर्तनमा आधारित समयसापेक्ष पाठ्यक्रम लागू गर्नुपर्छः प्रधानमन्त्री ‘प्रचण्ड’
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नवप्रवर्तनमा आधारित समयसापेक्ष पाठ्यक्रम तयार गरेर लागू गर्नुपर्नेमा जोड दिएका छन् । मध्यपश्चिम...