जान्दा देवी नेपाल इनर्जीले बायोमास पेलेट स्टोभ, बर्नर प्रवर्द्धन तथा बजारीकरण गर्दै

काठमाडौं । जान्दा देवी नेपाल इनर्जीले (जेडिएनइ)ले नवीकरणीय ऊर्जा तथा हाइड्रो मेकानिकल उपकरण लगायतका क्षेत्रमा काम गर्दै आएको छ ।
जेडिएनइले वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र (एइपिसी) को ‘नेपाल नविकरणीय ऊर्जा कार्यक्रम (एनआरइपि)’ मार्फत आर्थिक सहयोग लिई मधेश प्रदेशमा लघु, साना तथा मझौला उद्यमहरूका लागि बायोमास पेलेट स्टोभको प्रवर्द्धन तथा बजारीकरण गरिरहेको प्रवर्द्धनकर्ता कदममणी नेपालले न्युन नेपाललाई जानकारी दिए ।
यस परियोजना अन्तर्गत जेडिएनइले मधेश प्रदेशमा बायोमास पेलेट चुलो, बायोमास पेलेट बर्नर, बायोमास कम्बो फ्राइर, बायोमास खुवा मेकरको परिचय र बिक्री वितरण गर्नेछ ।
बायोमास पेलेट स्टोभ र बर्नरहरूको प्रयोगले परम्परागत इन्धन (डिजेल, पेट्रोल, एलपीजी, कोइला) माथिको परनिर्भरता घटाउन ठुलो भूमिका खेल्ने छ । यी वैकल्पिक इन्धनका स्रोत उपयोग गरि लघु, साना तथा मझौला उद्यमीहरूले हाल खपत भइरहेको ग्यास भन्दा झन्डै ५० प्रतिशत कम मूल्यमा सोहि बराबरको ऊर्जा प्राप्त गर्न सक्नेछन् ।
विश्वमा विगत २० वर्षदेखि औद्योगिक रुपमा बायोमास ऊर्जा उत्पादन तथा उपयोग भइरहेको छ । नेपालमा भने भर्खरै मात्र सुरु भएको छ । औद्योगिक रुपमा बकस रिनुवेबल इनर्जीले सर्लाहीको इश्वरपुरमा वार्षिक ३० हजार मेट्रिक टन बायोमास पेलेट तथा ५ हजार मेट्रिक टन ब्रिकेट उत्पादन क्षमता भएको कारखाना स्थापना गरेको छ ।
बायोमास पेलेटबाट उपयोग हुने चुलो तथा बर्नर व्यवसाय तथा उद्यमीहरूबीच परिचित गराउन जेडिइनइले महत्वपुर्ण भूमिका निर्वाह गरिरहेको छ । बायोमास पेलेट स्टोभ र बर्नरहरूको उपयोगबाट मधेश प्रदेशका उद्यमीहरूले आफ्नो कार्बन फुटप्रिन्टलाई उल्लेखनीय रूपमा कम गर्न तथा जलवायु परिवर्तनसँग लड्ने नेपालको प्रतिबद्धता पूरा गर्न योगदान पुर्याउनेछन् ।
पेलेट उत्पादनले ऊर्जामा आत्मनिर्भर हुने लक्ष्यलाई पूरा गर्न मदत पुर्याउँनुका साथै महँगो र प्रदूषित जीवाशेष इन्धन आयात घटाउछ । मधेशमा बायोमास पेलेट स्टोभको प्रयोगबाट नविकरणीय ऊर्जाका स्रोतहरू आत्मसात गर्ने, हरियाली र अधिक दिगो भविष्य निर्माण गर्ने कम्पनीको संकल्पको प्रमाण हो । यस परियोजनाले आगामी दिनमा वातावरण संरक्षण तथा ऊर्जामा आत्मनिर्भर हुन सहयोग गर्नेछ । यो कार्यक्रम मधेशसँगै अन्य प्रदेशमा पनि विस्तार गर्ने कम्पनीको लक्ष्य छ ।
वनको झाडी, काठको धुलो, दाउरा, उखुको छोक्रालगायत अन्य कृषिजन्य वस्तुहरूको उपयोग गरि बायोमास पेलेट तथा ब्रिकेटको उत्पादन गरिन्छ । बायोमास पेलेट गोलाकार ६ देखि १२ एमएम व्यास भएको बटकुला आकारको रुपमा उत्पादन हुन्छ भने बायोमास ब्रिकेट ७० देखि ९० एमएम व्यासको बेलानाकारको रुपमा बन्छ ।
पेलेटको आकार सानो हुने भएकाले सिधै कोइला तथा दाऊराको ठाउँमा उपयोग गर्न सकिन्छ । ग्यासको सट्टामा पेलेट चुलोको उपयोग गरि ग्याँसको क्षमता बराबर यसले घरेलु, होटेल रेस्टुरेन्टमा तथा मेसको लागि खान पकाउन प्रयोग हुन्छ । दूधजन्य खुवा बनाउन, नमकीन बनाउन उपयोग गर्न साथै, औद्योगिक क्षेत्रमा दुध डेरीको बॉयलर तताउन, कागज, चिया, साबुन, टाइल, फार्मा, कपडालगायत उद्योगको भट्टी तताउन यसको प्रयोग गर्न सकिन्छ ।
Comments
अरु समाचार
-
सुरक्षा चुनौतीको रिपोर्टिङ लिन मधेस प्रदेश पुगे गृहमन्त्री श्रेष्ठ
काठमाडाैँ । तराईका जिल्लामा धार्मिक तथा सामाजिक सद्भाव विथोल्ने संकेतहरु देखा परेको भन्दै उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ सुरक्षा चुनौतीको...
-
देशका अधिकांश भूभागमा मेघगर्जन र चट्याङसहित वर्षा हुने
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित रहेको जनाएको...
-
दशैंलाई लक्षित गरेर अग्रिम टिकट बुकिङ खुलाउने सरकारको तयारी
काठमाडौं । नजिकिंदै गरेको वडा दशैंलाई लक्षित गरी सरकारले अग्रिम बुकिङ खुलाउने तयारी थालेको छ । यसका लागि एक चरण...
-
राष्ट्रपति पौडेलद्वारा जानकी मन्दिरमा पूजाआजा
जनकपुरधाम । राष्ट्रपति रामचन्द्र पौडेलले आज जनकपुरधामस्थित जानकी मन्दिरमा पूजाआजा एवं दर्शन गरेका छन । सोही अवसरमा राष्ट्रपति पौडेलले जानकी...
-
राष्ट्रपति पौडेल आज जनकपुरधाम जाँदै,नागरिक अभिनन्दन कार्यक्रममा सहभागी हुने
जनकपुरधाम । राष्ट्रपति रामचन्द्र पौडेलले आज जानकी मन्दिर दर्शनका लागि आज जनकपुरधाम जाँदै छन् । जानकी मन्दिर दर्शन गर्न जाने...
-
एक–दुई स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना
काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। जसको प्रभावले देशका पहाडी भूभागको थोरै स्थानहरूमा र...
-
विद्यालयमै सुरक्षित छैनन् विद्यार्थी, प्राधानाध्यपबाट निर्घात कुटिए विद्यार्थी
काठमाडौं। सिरहा नगरपालिका–१२ स्थित सारस्वरनाथ माध्यमिक विद्यालयका एक विद्यार्थीलाई प्रधानाध्यापक लगायतले कार्यालयमै थुनेर निर्घात कुटपिट गरेको खुलेको छ । गत...
-
देशका अधिकांश भागमा वर्षा हुने, क्षतिबाट बच्न आवश्यक सर्तकता अपनाउन आग्रह
काठमाडौंः जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाहालले अहिले मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जनाएको...
-
मौसम पूर्वानुमान महाशाखा: देशका अधिकांश ठाउँमा आज भारी वर्षा हुने
काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरमा अवस्थित छ। साथै नेपालमा हाल भारतको उत्तर प्रदेशको उत्तर...