ताजा समाचार

नेप्से परिसूचक साताको अन्तिम दिन बिहीबार सामान्य अंकले वृद्धि

३२ साउन, काठमाडौं । लागातार दोहोरो  अंकका साथ ओरालो लागेको नेप्से साताको अन्तिम दिन बिहीबार भने सामान्य अंकले बडेको छ ।
कारोबारको अन्तीम दिन आज नेप्से परिसुचक एकल अंकमा ८.०१ प्रतिशतले वृद्धि भएको हो ।

म्युचुअल फण्ड उपसूचकमा ०.२३ प्रतिशतको गिरावट आउँदा व्यापार उपसूचक अत्याधिक २.५३ प्रतिशतले वृद्धि भएको छ ।
त्यस्तै होटल तथा पर्यटन उपसूचक २ प्रतिशतले वृद्धि हुँदा बैंकङि उपसूचक ०.२५ प्रतिशतको सामान्य वृद्धि भएको हो ।
सोमबार देखि लगातार दोहोरो अंकमा घटेको नेप्से बिहिबार भने ८.०१ प्रतिसतले बढेर २०३३.१३ बिन्दुमा गएर बन्द भएको छ ।

४३ हजार ५९१ वटा कारोबारमा आज ४० लाख ९ हजार २६३ कित्ता शेयर बिनबेच हुँदा १ अर्ब ५४ करोड १४ लाख रुपैयाँ बराबर रकमको कारोबार भएको हो ।
पछिल्ला केहिदिन यता लगातार २ अर्ब भन्दा बढि कारोबार भएको बजार बुधबार र बिहीबार भने त्यो रकम बराबर हुन सकेको छैन् ।

बिहीबार नेप्सेमा कारोबारमा आएका कम्पनीमध्ये सोल्टी होटलको सेयर सर्वाधिक १३ करोड ७१ लाखको किनबेच भएको छ । यस्तै आईएमई लाइफ इन्स्योरेन्सको सेयर ७ करोड ७९ लाखको कारोबार हुँदा घोराही सिमेन्टको ५ करोड १७ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

बिहिबार नेप्सेमा कुल २२५ सुचिकृत कम्पनीको सेयर कारोबार भएका छन् । जसमध्ये १३५ कम्पनीको सेयरमूल्य वृद्धि हुँदा ७८ कम्पनीको भने सेयरमूल्यमा गिरावट भएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org