टेरेसाको मृत्यु भएको दिन आज
काठमाडौं। सन् १९९७ मा आजकै दिन ५ सेप्टेम्बर मदर टेरेसाको मृत्यु भएको थियो ।
टेरेसालाई भारतका गरिबहरुलाई गरेको अतीव सेवाका कारण संसारभर सम्मान गरिन्छ । टेरेसाले महिला सेविकाहरुको ठूलो जमात बनाएकी थिइन् ।
उनले सन् १९५० मा स्थापना गरेको संस्था ‘ मिसनरिज अफ च्यारिटी ले विभिन्न सेवागृह चलाएको अवस्था थियो’ । मानव सेवामा सर्मपित भएका कारण उनले १९७९ को नोबेल शान्ति पुरस्कार समेत जितेकी थिईन । यद्यपि उनको संस्थाले सञ्चालन गरेका अस्पतालमा सफाइ स्तर नभएको कतिपयको दाबी थियो । त्यसका साथै तानाशाहहरुले दिएको दान स्विकार गरेको भन्दै उनको आलोचना समेत हुने गरेको थियो । तर ति सबै कुरालाई ख्याल नगरि उनले ४५ वर्षसम्म गरीब, बिरामी, अनाथ, र मर्न लागेका मानिसहरूको मद्दत गरिन।
टेरेसा १९१० अगस्ट मा मेसेडोनियामा जन्मिएकी थिइन् । १९ वर्षको उमेरमा समाज सेवामा होमिएकी उनी तत्काल भारत सरुवा भइन् । उनले दार्जिलिङको एक स्कुलमा समेत पढाएकी थिईन । सन् १९४६ मा कोलकता फर्केर उनले दुः खी, गरिबको सेवा गर्न थालिन् । त्यसको एक दशकपछि अस्पतालका साथै परित्यक्त बालबालिकाको लागि आश्रय गृह चलाएकी थिईन् ।
मदर टेरेसालाई उनको सेवा कार्यको सम्मान गर्दै धेरै प्रकारका पुरस्कार र सम्मानहरु प्रदान गरिएको छ । सन् १९७९ डिसेम्बर १९ मा मदर टेरेसालाई उनको सामाजिक र मानब कल्याण कार्यलाई कदर गर्दै नोबेल शान्ति पुरस्कार ले सम्मान, सन् १९६२ मा मदर टेरेसालाई उनको सामाजिक कार्यलाई कदर गर्दै भारत सरकारले पद्मम श्री पुरस्कारबाट सम्मान गरेको थियो ।
“तिमी कति काम गर्छौ यो सफलताको लागि महत्त्वपुर्ण कुरा हुँदै हैन,तिमी आफ्नो कामलाई कति प्रेमपुर्ण गर्छौ यही सफलताको मापदण्ड हो।”–मदर टेरेसा
Comments
अरु समाचार
-
गृहका कर्मचारीलाई कार्यलय समयमा अनिवार्य योग गर्न निर्देशन
काठमाडौं । गृह मन्त्रालयले मातहतका कर्मचारीलाई कार्यलय समयमा अनिवार्य रुपमा योग गर्न निर्देशन गरेको छ। यसका लागि गृहले मातहतका कर्मचारीका...
-
एसियाडमा ब्याडमिन्टनतर्फ नेपाली पुरुष टिम क्वाटरफाइनल प्रवेश
काठमाडौं । चिनमा जारी १९ औं एसियाड अन्तर्गत ब्याडमिन्टनतर्फ नेपालको पुरुष टिमले मंगोलियालाई पराजित गरेको छ । बिनजियाङ जिम्नयाजियम कोर्टमा...
-
‘जवान’ले बलिउडका अहिलेसम्मका सबै व्यावसायिक रेकर्ड तोड्यो
काठमाडौं । बलिउड अभिनेता शाहरुख खानको पछिल्लो नयाँ फिल्म 'जवान'ले बलिउडको अहिलेसम्मको सबै व्यावसायिक रेकर्ड तोडेको छ । उनको यस...
-
सुन्तले, बाघखोर पर्यटकको पहिलो रोजाई
काठमाडौं । भोजपुर सदरमुकामबाट छोटो दूरीमा पर्ने पर्यटकीयस्थल सुन्तले, बाघखोर पर्यटकीय गन्तव्यको रुपमा स्थापित भएको छ । सदरमुकामबाट करिब दश...
-
एसिया कपः उद्घाटन समारोहमा त्रिशाला गुरुङले प्रस्तुति दिने
काठमाडौं । एसिया कप क्रिकेट प्रतियोगिताको १६ औँ संस्करण बुधवारदेखि पाकिस्तानमा सुरु हुँन लागेको छ । नेपाली समय अनुसार ३ः१५...
-
मेरो भोइस युनिर्भसको उपाधि सिक्किमका प्रितम राईलाई
काठमाडौं । मेरो भोइस युनिर्भसको उपाधि सिक्किमका प्रितम राईले जितेका छन् । हिजो भएको फाइनलमा सबै प्रतिसप्रर्धीलाई पछि पार्दै राईले...
-
मेसीको सानदार गोलका कारण इन्टर मियामीले पहिलो पटक लिग्स क्लबको उचाल्यो उपाधि
काठमाण्डौं। अर्जेन्टिनी फरवार्ड लिओनल मेसीको सानदार गोलका कारण इन्टर मियामीले पहिलो पटक उपाधि उचालेको छ । आज बिहान भएको लिग्स...
-
युरोपियन क्लबमा साबित्रा भण्डारीले गरिन् डेब्यू खेलमै गोल
१ भदौ, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका फरवार्ड सावित्रा भन्डारी (साम्बा)ले इजरायलको क्लब हापोएल रानानामा डेब्यू गरेकी छिन्। लामो समय...
-
मिटरब्याज पीडितले मागे उपप्रधानमन्त्री श्रेष्ठको राजीनामा
काठमाडौं । मिटरब्याज पीडितको एक समूहले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गरेको छ ।मंगलबार मिटरब्याज तथा ठगीविरुद्ध किसान...