ताजा समाचार

भूकम्प प्रभावित क्षेत्रको अवलोकन गर्न प्रधानमन्त्री प्रचण्ड बझाङ प्रस्थान

काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड  भूकम्प प्रभावित क्षेत्र अवलोकन गर्न बझाङ प्रस्थान गरेका छन्।

प्रधानमन्त्री दाहाल नेपाली सेनाको हेलिकोप्टरबाट केही समयअघि बझाङ प्रस्थान गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ,विपद् व्यवस्थापन प्राधिकरका प्रमुख अनिल पोखरेल पनि प्रधानमन्त्रीसँगै बझाङ गएका छन्।

बझाङमा भूकम्पले पुर्‍याएको क्षति अवलोकन गर्नेछन्।

भूकम्पपीडितको अवस्था  र तत्काल आवश्यक राहतका लागि सम्बन्धित निकायलाई निर्देशन दिई प्रधानमन्त्री प्रचण्ड आजै काठमाडौं फर्कनेछन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org