नेपाल र लाओसबिचको २०२६ विश्वकप क्वालिफायर्स खेल असोज २५ गते काठमाडौंमा हुने
काठमाडौं । फूटबल वर्ल्ड कप–२०२६ क्वालिफायर्स एसिया जोन राउण्ड–१ अन्तर्गत नेपाल र लाओसबीचको खेल यही असोज २५ गते दशरथ रङ्गशालामा हुने भएको छ ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा)द्वारा आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिएको हो । फिफा वरियतामा लाओस एक सय ८६औँ र नेपाल एक सय ७५औँ स्थानमा छन् । मुख्य प्रशिक्षक भिन्सेन्जो अलबट्रो एनेसको प्रशिक्षणमा हाल २५ सदस्यीय नेपाली टोली बन्द प्रशिक्षणमा रहेको एन्फाका प्रवक्ता सुरेश शाहले जानकारी दिएका छन्।
छनोट खेलका लागि एन्फाले सम्पूर्ण तयारी गरिसकेको पनि उनले बताएका छन् । खेलको ‘कमर्सियल मिडिया राइट’ सिङ्गापुरस्थित स्पोर्टस फाइभलाई प्रदान गरिएको छ ।
खेलका लागि टिकटदर साधारण पाराफिटतर्फ रु तीन सय र भिआइपी पाराफिटतर्फ रु पाँच सय कायम गरिएको छ । खेलको टिकट एन्फा आफैँले बिक्री गर्ने छ । सो प्रतियोगिताका लागि रु ७३ लाख ६८ हजार चार सय खर्च हुने अनुमान गरिएको छ ।
Comments
अरु समाचार
-
२५ औँ संस्करणको बुढासुब्बा गोल्डकप माघ १९ बाट हुने
काठमाडौं । बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको २५ औँ संस्करण आगामी माघ १९ देखि २६ गतेसम्म हुने भएको छ । धरान...
-
एनपिएल विजेता जनकपुर बोल्ट्सलाई प्रधानमन्त्रीद्वारा सम्मान
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपिएल) पहिलो संस्करणको उपाधि विजेता जनकपुर बोल्ट्सलाई बधाईसहित सम्मान गरेका छन्...
-
एनपीएलको उपाधि उचाल्न सुदूरपश्चिमले जनकपुरलाई दियो १८५ रनको लक्ष्य प्रस्तुत
काठमाडौं । काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई १ सय ८५ रनको विशाल लक्ष्य प्रस्तुत...
-
फाइनलमा टस जितेर जनकपुरविरुद्ध ब्याटिङ गर्दै सुदूरपश्चिम
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को आज हुन लागेको फाइनलमा सुदूरपश्चिम रोयल्सले टस जितेर पहिले ब्याटिङ गर्ने भएको छ ।...
-
एनपिएलः फाइनलमा सुदूरपश्चिम र जनकपुर भिड्दै
काठमाडौँ: पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को फाइनल खेल शनिबार हुँदैछ । फाइनलमा खेलमा उपाधिका लागि सुदूरपश्चिम रोयल्स र जनकपुर...
-
एसिया कप क्रिकेटः नेपालविरुद्धको खेलमा बङ्गलादेशले टस जित्यो
काठमाडौं । मलेसियामा जारी एसिसी यु– १९ महिला एसिया कप क्रिकेटअन्तर्गत सुपर चारको आफ्नो दोस्रो खेलमा नेपालले टस हारेर पहिले...
-
महिला यू-१९ एसिया कपमा नेपाल आज बंगलादेशसँग भिड्दै
काठमाडौं । महिला यु-१९ एसिया कप क्रिकेट प्रतियोगितमा नेपालले आज ‘सुपर चार’मा बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ। यो खेल नेपाली समय अनुसार...
-
कर्णालीलाई २ विकेटले पराजित गर्दै जनकपुर एनपीएल फाइनल प्रवेश
काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधिका लागि जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुने भएको छ। ...
-
महिला यु–१९ एसिया कपः नेपाल र श्रीलङ्काले अङ्क बाँडे
काठमाडौं । मलेसियामा जारी महिला यु–१९ एसिया कपको ‘सुपर–४’ को नेपाल र श्रीलङ्काबीचको खेल वर्षाका कारण रद्द भएपछि एक–एक अङ्क...