ताजा समाचार

जनकपुरमा बिग मार्टमा आगलागि हुँदा करौडौंको क्षति

काठमाडौं । गए राति जनकपुरमा एक बिग मार्टमा आगलागि हुँदा करौडौंको क्षति भएको छ । धनुषा जिल्ला, जनकपुर उपमहानगरपालीका –९ रामानन्द चोकस्थित सो मार्टमा अकस्मात आगो लागेको र आगो आज बिहानमात्र नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यलय धनुषाले जनाएको छ । मार्टमा आगो केकारणले लागो भन्ने अहिले सम्म खुलेको छैन् ।

जनकपुरधाम उपमहानगरपालिकालगायत अन्य पालिकाको वारुणयन्त्र,नेपाल प्रहरी, स्थानीयलगायतको सहयोगमा आगो नियन्त्रण लिइएको थियो ।
आगलागीबाट मार्टको सम्पूर्ण सामान जलेर नष्ट भएको सञ्चालक रामबाबु रायले जानकारी दिएका छन् । रायले आगलागीबाट रु १० करोडभन्दा बढीको क्षति पुगेको बताएका छन्।

सञ्चालक रायले भने“हामीहरु मार्टको दोस्रो तलामा बसिरहेको थियौँ। मार्टभित्र आगो लागेको थाहा भएपछि परिवारसहित भागेर ज्यान बचाउन सफल भयौँ ।”

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org