ताजा समाचार

एमालेको मधेस प्रदेश अधिवेशन आजदेखि सुरु हुँदै

काठमाडौं । नेकपा (एमाले)को मधेस प्रदेश अधिवेशन आजदेखि सुरु हुँदै छ । अधिवेशनको जनकपुरस्थित महेन्द्रनारायण निधि संस्कृति केन्द्रको भवनमा अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नेछन् ।

अधिवेशनका लागि एक हजार २७ प्रतिनिधि छनोट भएका छन् । प्रदेशको नेतृत्वका लागि सकेसम्म सहमतिको प्रयास गरिने मधेस प्रदेशको इन्चार्ज समेत रहेका पार्टी सचिव योगेश भट्टराईले जानकारी दिए ।

“नेता कार्यकर्ताको उचित मूल्यांकन हुन्छ । विधानसम्मत ढंगले प्रतिस्पर्धामा आउन छुट छ,” उनी भन्छन्, “प्रतिस्पर्धाका लागि नेतृत्वमा आउन चाहनेहरुबीच सहमतिका लागि कोसिस गर्छौं ।”

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org