ताजा समाचार

सिक्किममा मजदुरी गर्ने इलामका पाँचजना एक सातादेखी सम्पर्कविहीन, टिस्टाको बाढीमा फसेको आकलन

काठमाडौं । रोजगारीका लागि भारतको सिक्किमको लाचेन उपत्यकामा रहेका इलामको इलाम नगरपालिका–९ गोलाखर्कका चार मजदुर र एक बालिकासहित पाँचजना एक सातादेखि सम्पर्कविहीन भएका छन् । उनीहरु टिस्टा नदिमा आएको बाढीमा फसेको आशंका गरिएको छ। श्रीमान्, श्रीमती,छोरी र थप दुइजना गरी पाँच जना टिस्टामा बाढी आएकै दिन अर्थात १७ असोजमा टिस्टा नदीमा ल्योनाक हिमताल विस्फोटपछि १७ आसोजदेखि नेपालमा परिवारसँग सम्पर्कविहीन भएका हुन् । उत्तरी सिक्किमको ल्योनाक हिमताल विस्फोटपछि १७ असोजमा टिस्टा नदीमा आएको बाढीमा परी हालसम्म ५५ जनाको मृत्यु भइसकेको र एक सय ४१ जना बेपत्ता रहेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार सम्पर्कविहीन हुनेमा इलाम नगरपालीका–९ गोलाखर्क २९ वर्षीय कुमार वस्नेत, उनकी श्रीमती नरमाया बस्नेत र नौ वर्षीया छोरी खुसी बस्नेत रहेका छन् । त्यस्तै, सोही गाउँका ४० वर्षीय सेनबहादुर कार्की र ३० वर्षीय लाक्पा शेर्पा पनि सम्पर्कविहीन छन् । उनिहरु सिक्कमको लाचेन क्षेत्रमा निर्माण मजदुरको रुपमा कार्यरत थिए । भारतीय सुरक्षाकर्मीले सम्पर्कको पहुँच स्थापित गर्न नसकेको जानकारी पाएका छौं, उनले भने । भारतीय सुरक्षाकर्मीले पनि लाचेन क्षेत्रमा सम्पर्कको पहुँच स्थापित गर्न नसकेका कारण अवस्था थाहा हुन सकेको छैन् ।

हिमा क्षेत्रीले ३ अक्टोबर अर्थात १६ असोज राति बहिनी नरमायासँग इमोम कुराकानी गरेकी थिइन् । त्यसयता सम्पर्क हुन नसकेको र मोबाइल पनि स्विच्ड अफ रहेको छ । बिजुली छैन्, भन्दै थिइन्, हिमालले भनिन्, त्यहाँदेखी अहिलेसम्म सम्पर्कमा आएका छैनन् । सरकारले उनीहरुको अवस्था पत्ता लगाई उद्धारमा सहयोग गरोस् ।

प्रजिअ पोखरेलले  पनि चार मजदुर र कालिका बाढीमा फसेको हुन सक्ने आकलन गरे । बाढी आउनु अघि अघिसम्म उनिहरु(हाल सम्पर्कविहीन रहेका) परिवारको सम्पर्कमा रहनुभएको रहेछ, तर बाढी आएपछि सम्पर्कमा रहनु भएको रहेछ, तर बाढी आएपछि सम्पर्कमा हुनुहुन्न, पोखरेलले भने ।

जिल्ला प्रशासन कार्यलयले उद्धार र खोजीका लागि सीमा सुरक्षा बलमार्फत सिक्किम राज्य सरकारलाई पत्र लेखेको छ । हामीले सिक्किमको सुरक्षा बलमार्फत विवरण पठाएका सम्पर्कमा छैनन् । उनीहरुको खोज तथा उद्धार गरेर सम्पर्कमा ल्याउने वातावरण तयार गर्नुपर्यो भनेर पत्र लेखेका छौं, उनले भने , सुरक्षा निकायले हामी प्रयास गरिरहेका छौं भनेको छ । बाढीका कारण एक हजार तीन सय ८१ घर पूर्ण रुपमा विस्थापित भएका छन् । बाढीका कारण सिक्किमका विभिन्न जिल्लाका १४ वटा पुल टिस्टा नदीले बगाएको छ । हालसम्म दुई हजार पाँच सय ६३ जनाको उद्धार भएको सिक्किम राज्य सरकारले जनाएको छ । २५ हजार जनसंख्या प्रभावित भएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org