ताजा समाचार

फिफा विश्वकप एसिया छनोट: लाओसविरुद्ध खेल्दै नेपाल

काठमाडौं । फिफा विश्वकप–२०२६ छनोटको पहिलो चरणमा आज नेपालले लाओससँग प्रतिस्पर्धा गर्दै छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल अपराह्न ५ः३० बजेदेखि सुरु हुनेछ ।

यो खेलपछि दोस्रो लेगका लागि नेपाली टिम लाओस जानेछ । छनोटको दोस्रो लेग असोज ३० गते हुनेछ ।

नेपाली टिमका मुख्य प्रशिक्षक भिन्चेन्सो अल्बर्टो एनेसले बुधबार २३ सदस्यीय राष्ट्रिय टिमको घोषणा गरेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org