ताजा समाचार

परीक्षा बोर्डले प्रकाशित गर्‍यो कक्षा १२ को पुनर्योगको नतिजा

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १२) ले कक्षा १२ को पुनर्योगको नतिजा प्रकाशन गरेको छ ।

परीक्षा नियन्त्रण कार्यालयले गत साउन ३० गते सार्वजनिक गरेको नतिजामा चित्त नबुझी पुनर्योगको लागि निवेदन दिएका परीक्षार्थीको अन्तिम चरणको पुनर्योगको नतिजा प्रकाशन गरेको हो ।

कार्यालयले परिवर्तित ग्रेडसिट लिनका लागि अबको १० दिन पश्चात सक्कल ग्रेडसिटसहित बोर्डको सम्बन्धित कार्यालय मार्फत परीक्षा नियन्त्रण कार्यालयमा सम्पर्क गर्न सूचित गरेको छ । कार्यालयको अनुसार प्रकाशित नतिजामा चित्त नबुझेको खण्डमा १५ दिनभित्र प्रति विषय दुई हजार तिरेर उत्तरपुस्तिका हेर्न सक्नेछन् ।

बोर्डले गत २६ वैशाखदेखि ५ जेठसम्म परीक्षा सञ्चालन गरेको थियो । उक्त परीक्षामा ५०.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org