ताजा समाचार

विश्वकप २०२३ अन्तरगत भारत र पाकिस्तानबिचको खेलमा चार खेलाडीबिच कडा प्रतिस्पर्धा

काठमाडौं । दुई छिमेकी सबैभन्दा ठूलो प्रतिद्वन्दी भारत र पाकिस्तान एकदिवसीय विश्वकपको आज(शनिबार)को खेलमा भिड्दै छन् । जब यी दुई एकआपसमा आउँछन् त्यो खेल ब्लकबस्टर खेल साबित हुने गर्छ । खेलमा त्यस्ता चार खास व्यक्तिगत भिडन्त छन्,जसले सम्भवतः पूरा खेललाई निर्णायक मोड दिन सक्नेछ । विश्व क्रिकेटकै सबैभन्दा ठूलो रंगशालामा हुने खेलमा देखिने यी चार भिडन्तले पूरा प्रतिस्पर्धालाई नै रोमान्चक बनाउने निश्चित छ । कसका लागि को त ?

रोहितविरुद्ध साहिन
पछिल्लो समय यी दुई भिड्दा भारतिय कप्तान रोहित शर्माले केही संर्घष गरेका छन्, जति बेला उनले बायाँ हाते पेस बलर साहिद साह अफ्रिदीको सामना गरेका छन् । गत महिना पालेकेलेमा भएको एसिया कपको पहिलो खेलमा साहिनले रोहितको अफ स्टम्प उडाएका थिए । रोहित ११ रनमा बोल्ड भएका थिए ।

२०२१ को दुर्बइमा भएको टि–२० विश्वकपको खेलमा पनि साहिनले रोहितलाई एलबीडव्लू धरापमा फसाए, त्यो पनि पहलो ओभरमा शून्यको स्थितिमा । तर एसिया कपकै कोलम्बोमा भएको दोस्रो खेलमा रोहितले मज्जले खेले । पहिलो ओभरमै रोहितले छक्का प्राहार गरे,तर पछि संयमित भएर खेल्ने प्रयास गरेका थिए ।

कोहलीविरुद्ध राउफ

गत वर्ष ट्वान्टी–२०विश्वकपको मेलर्बनमा भएको खेलमा विराट कोहलीले ह्यारिस राउफको सामना गर्दा स्थिति तनावपूर्ण बनेको थियो । भारतका लागि जितका लागि अन्तिम १८ बलमा ३१ रन चाहिएको थियो । भारत जितका लागि १ सय ६० रन पछ्याउने क्रममा थियो । त्यही स्थितिमा कोहलीले राउफको बलिङमा लगातार दुई छक्का प्राहार गरे ।

यसले पूरापूरा भरिएको मेलर्बन क्रिकेट मैदानमा खुसि र स्तब्धता दुवै छाएको थियो । कोहलीमा सुरुमा लेन्थ बललाई सिधै मैदान बाहिर छक्का प्राहार गरे । दोस्रो छक्काका लागि भने उनले फइन–लेगतर्फ प्राहार गरे । कोहलीले दोस्रो छक्कालाई नयाँ प्रयास पनि भने । तर यसले दुई खेलाडीबिच तीव्र प्रतिस्प्रर्धा चलेको थियो र यसको अर्को रुप अहमदाबादमा देखिन सक्छ ।

आजाम विरुद्ध बुमराह

यूएइमा २०२१मा भएको टि–२० विश्वकपको क्रममा जसप्रित बुमराहले पहिलोपल्ट पाकिस्तानी कप्तान बाबर आजमको नाडी जाच्ने अवसर पाएका थिए । बुमराहलाई योर्कर किङ पनि भन्ने गरिन्छ। तर आजमले उनका विरुद्ध सजिलै खेले । उनले मोहम्मद रिजवानसँग मिलेर पाकिस्तानलाई दस विकेटको जित दिलाए । तर त्यसको दुईवर्षपछि बुमराह र उनका साथीले त्यसबाट पाठ सिकेको देखियो र एसियाकप अन्तिम चारको खेलमा पाकिस्तानलाई सजलै २ सय २८ रनले हरायो। पाकिस्तान १२८ रनमै समेटियो । कोलम्बोमा पनि बुमराहले केही खास मोडमा आजामलाई बिट गरेको देखियो, तर उनको विकेट भने हार्दिक पान्डेले लिएका थिए ।

इफ्तिखरविरुद्ध कुलदिप  
इफ्तिखर अहमद त्यस्ता मध्यमक्रममा व्याटर हुन,जसले ब्याटबाट होइन, बलबाट पनि योगदान दिन सक्छन्। त्यही गत महिनाको एसिया कपमा भारतीय स्पिनर कुलदिप यादवले भनेउनलाई लामोसमय खेल्न दिएनन् र आफ्नो सिकार बनाए । आफ्नै बलिङमा कुलदिपले चलाखिपूर्ण क्याच लिएका थिए । त्यस खेलमा भारत ठूलो अन्तरले विजयी भएको थियो । र कुलदिपले एक्लैले २५ रन मात्र खर्चेर पाँच विकेट लिए । अब शनिवारको खेलमा इफ्तिखरसामु त्यसकै मीठो बदला लिने अवसर छ । कुलदिप प्रायः इनिङ्स बीचमा बलिङ आक्रमणका लागि उत्रने गर्छन् र त्यही बेला त हो, प्रायः ईफ्तिखर पनि व्याटिङ गरिरहने

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org