ताजा समाचार

आईसीसी विश्वकप क्रिकेटमा अफगानिस्तानको ऐतिहासिक जित

काठमाडौं । आईसीसी विश्वकप क्रिकेटमा अफगानिस्तानले ऐतिहासिक जित निकालेको छ । गएराति सकिएको खेलमा अफगानिस्तानले साविक विजेता इङ्ल्यान्डलाई ६९ रनले हराएको हो । अफगानिस्तानले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक विश्वकप विजेता इङ्ल्यान्डलाई हराएको हो ।

जितको लागि २ सय ८५ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्ड ४० ओभर ३ बलमा २ सय १५ रनमै अल आउट भयो । इङ्ल्यान्डका ह्यारी ब्रुकले सर्वाधिक ६६ रन बनाए । उनीबाहेक अन्य कुनै पनि खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । डेविड मलानले ३२, अदिल रशिदले २०, मार्क वुडले १८ र रिषी तोप्लेले १५ रन बनाए ।

अफगानिस्तानले इङ्ल्यान्डलाई शुरुवातदेखि नै दबाबमा राखेको थियो । अफगानिस्तानका मुजिब उर रहमान र रशिद खानले समान ३–३ विकेट लिए । यस्तै, मोहम्मद नाबीले २ तथा फजलहक फारुकी र नविन उल हकले एकरएक विकेट लिए । त्यसअघि अरुण जेट्ली स्टेडियम दिल्लीमा टस हारेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ओभरमा १ बल बाँकी छँदा २ सय ८४ रनमा अलआउट भएको थियो ।

ओपनर रहमानुल्लाह गुरबाजले ८० रन बनाए भने इकरम अलिखिलले ५८ रन बनाए । मुजिब उल रहमान र इब्राहम जर्दानले समान २८ रन जोडे । अन्यको प्रर्दशन खासै उल्लेख्य रहन सकेन । इङ्ल्यान्डका आदिल रसिदले सर्वाधिक ३ तथा मार्क उडले २ विकेट लिए ।

जोए रुट, लियाम लिबिङस्टोन र रिषी तोप्लेले समान एकरएक विकेट लिए । अफगानिस्तानले अब पर्सि बुधवार न्युजिल्यान्डसँग खेल्नेछ । इङ्ल्यान्डले शनिवार दक्षिण अफ्रिकासँग खेल्नेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org