ताजा समाचार

त्रिकोणात्मक सिरिज: नेपालले पायो ब्याटिङको निम्तो

काठमाडौं । घरेलु मैदानमा जारी त्रिदेशीय ट्वान्टी-२० शृङ्खलाको फाइनलमा युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेलका लागि टस जितेर यूएईका कप्तान मुहम्मद वसिमले फिल्डिङको निर्णय गर्दै नेपाललाई ब्याटिङको निम्तो दिए ।

नेपालमै हुने ट्वान्टी-२० विश्वकप छनोटको तयारीका लागि आयोजित शृङ्खलामा नेपाल र यूएईसँगै हङकङले सहभागिता जनाएको थियो । शृंखलामा नेपालले लिग चरणमा शतप्रतिशत जितसहित फाइनलको यात्रा तय गरेको थियो ।

यूएईले भने चार खेलबाट दुई अंकसहित दोस्रो स्थानमा रहँदै फाइनलमा स्थान बनाएको हो । यूएई र हङकङको समान अंक भए पनि नेट रनरेटका आधारमा मुहम्मद वसिमको कप्तानीमा रहेको टिम फाइनल प्रवेश गरेको हो ।

जारी शृंखलामा अपराजित नेपाल फाइनलमा पनि सोही लयलाई निरन्तरता दिने लक्ष्यमा छ । लिग चरणमा नेपालले पहिलो खेलमा यूएईलाई सात विकेटले, दोस्रो खेलमा हङकङलाई ६ विकेटले, तेस्रो खेलमा पुनः हङकङलाई ७९ र चौथो खेलमा यूएईलाई पाँच विकेटले हराएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org