ताजा समाचार

विश्वकप छनोट खेलअघि पशुपति पुग्यो नेपाली क्रिकेट टिम

काठमाडाैँ । सोमबारबाट शुरू हुने टी–२० विश्वकप छनोटअघि नेपाली क्रिकेट टोली पशुपतिनाथ मन्दिरको दर्शनको लागि पुगेको छ ।

नेपाली टिमका प्रशिक्षक मोन्टी देशाइ, कप्तान रोहित पौडेल, कुशल भुर्तेल, करण केसी, सोमपाल कामी, विनोद भण्डारी, गुल्सन झासहितका खेलाडी दर्शनका लागि पशुपतिनाथ मन्दिर पुगेका हुन् ।

छनोट खेलमा समूह एको नेपालले सोमबार बिहान ९ बजेट कीर्तिपुर मैदानमा सिंगापुरको सामना गर्दैछ । कात्तिक १४ मा मलेसिया र कात्तिक १६ गते ओमानसँग खेल्नेछ ।
समूह बीमा हङकङ, यूएई, कुवेत र बहराइन छन् ।

समूह चरणपछि चार टिमले सेमिफानल खेल्नेछन् । सेमिफाइनल जितेर फाइनल पुग्ने दुई टोलीले २०२४ मा अमेरिका र वेस्ट इण्डिजमा हुने टी–२० विश्वकप खेल्ने छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org