ताजा समाचार

टी-२० विश्वकप छनोट : सन्दीपले लिए दुई विकेट

नेपालका लागि करण केसीले पहिलो ओभरको दोस्रो बलमा नै ओपनर तथा कप्तान आत्रिया दत्तालाई शुन्य रनमा नै पवेलियनको बाटो देखाए।

गुलसन झाले आठौं ओभरको पहिलो बलमा ओपनर रोहन रगांराजनलाई क्याच आउट गरे। रोहन लामो सट खेल्ने धुनमा रहेका रोहन ४६ रन बनाउँदा सन्दीप जोराको हातबाट क्याच आउट भए।

सोही ओभरको पाचौं बलमा गुलसनले अर्मात्या कउललाई शुन्य रनमा क्याच आउट गरे। सन्दीप लामिछानेले सातौँ ओभरको अन्तिम बलमा सुरेन्द्र चन्दमोहनलाई ६ रन बनाउँदा पवेलियनको बाटो देखाए।

सन्दीपले ११ औं ओभरको पहिलो बलमा जनक प्रकाशलाई एलबीडब्लु धरापमा पारे।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org