ताजा समाचार

ब्राउनसुगरसहित उदयपुरबाट तीन भारतीय नागरिक पक्राउ, प्रहरीको उच्च सफलता

काठमाडौँ । उदयपुर प्रहरीले लागूऔषध नियन्त्रणमा हालसम्मकै उच्च सफलता प्राप्त गरेको छ । उदयपुर प्रहरीले उदयपुरको त्रियुगा नगरपालिका-१० गैरुन र चौदण्डीगढी नगरपालिका-९ भिमाबाट १ सय ११ ग्राम ब्राउनसुगरसहित तीन जना भारतीय नागरिक तथा केहीलाई पक्राउ गरी सार्वजनिक गरेको छ । चौदण्डीगढी नगरपालिका-९ भिमाबाट ८१ ग्राम ५ सय ५० मिलिग्राम ब्राउनसुगरसहित भारत बिहार राज्य सुपौल जिल्ला भिमनगर थाना वडा नं. १२ बस्ने वर्ष ४८ का प्रमोद गुप्ता र सुनसरी इनरुवा-६ का सलिम मियाँलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

त्यसैगरी त्रियुगा नगरपालिका-१० कालिखोलाबाट २९ ग्राम २ सय ९० मिलि ग्राम ब्राउनसुगरसहित भारत बिहार राज्य सुपौल जिल्ला भिमनगर थाना वडा नं ८ का जसबिरकुमार मण्डल, र बिहारकै बिरपुर थाना वडा न. १२ बस्ने सन्तोषकुमार महतोलाई पक्राउ गरिएको उदयपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेश थापाले जानकारी दिए ।

प्रहरीले लागूऔषध नियन्त्रणमा हालसम्मकै उच्च सफलता प्राप्त गरेको जनाएको छ । प्रहरी टोलीले को २८ प ४९६८ नं. को मोटरसाइकलमा सवार मियाँ र मण्डललाई खानतलासी गर्दा ब्राउनसुगर फेला पारेको हो भने मण्डल र महतोलाई भारतीय विआर ११ पीवि १३५५ नम्बरको स्कारपियोको गियरबक्सभित्र कालो प्लाष्टिकको झोलामा लुकाई छिपाई राखेको अवस्थामा ब्राउनसुगर फेला परेको हो । पक्राउ परेकाहरूले प्रयोग गरेको मोटरसाइकल र स्कारपियोसहित नियन्त्रणमा लिई उदयपुर जिल्ला अदालतबाट १५ दिनको म्याद थप लिई आवश्यक अनुसन्धान सुरु गरेको समेत प्रहरीले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org