ताजा समाचार

सोमपालले दिलाए नेपाललाई दोस्रो सफलता

काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको सेमिफाइनल खेलमा नेपाललाई दोस्रो सफलता मिलेको छ।

यूएईका खालिद साह ३ रन बनाएर आउट भएका छन् भने अर्का ब्याटर मोहम्मद वसिम पनि आउट भएका छन्।

यतिबेला यूएईले ४ ओभरमा ३१ रन बनाएर खेलिरहेको छ। नेपालले माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस हारेर फिल्डङको निम्तो पाएको थियो।

नेपालले आजको खेलमा दुई खेलाडी परिवर्तन गरेको छ। दीपेन्द्रसिंह ऐरी फर्केका छन् भने सन्दीप जोरा बेन्चमा पुगेका छन्। त्यस्तै विवेक यादवलाई टोलीमा कायमै राखिएको छ। हिजोको खेलमा गरेको प्रदर्शनको आधारमा उनलाई स्थान दिइएको हो। नेपाल र यूएईको विजेता टोली २०२४ को टी-२० विश्वकप खेल्न पाउनेछ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org