ताजा समाचार

आईसीसी टी–२० विश्वकप छनोटः युएईविरुद्ध नेपालले पायो १३५ रनको लक्ष्य

काठमाडाै । आईसीसी टी–२० विश्वकपमा स्थान बनाउन नेपालले १३५ रनको लक्ष्य पाएको छ ।

शुक्रबार मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको यूएईले नेपाललाई १३५ रनको लक्ष्य दिएको हो ।

यूएईले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १३४ रन बनायो ।

यूएईका लागि भ्रित्य अरविन्दले अर्धशतकीय पारी खेले । ओपनर वासिमले १६ बलमा २६ रन बनाए । आलिशान सराफुले १६ रन बनाए ।

नेपालका लागि कुशल मल्लले तीन विकेट लिँदा सन्दीप लामिछाने दुई विकेट लिए । यस्तै सोमपाल कामी र रोहित पौडेलले एक/एक विकेट लिए ।

विजेता टोली २०२४ को टी-२० विश्वकप खेल्न पाउनेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org