एन्फाको विशेष साधारणसभामा अध्यक्षको बर्खास्ती मुख्य एजेन्डा
२३ कात्तिक, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को विशेष साधारण सभा मकवानपुरको हेटौँडामा आज हुँदैछ । विशेष साधारण सभाको मुख्य एजेन्डा एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङको बर्खास्ती सम्बन्धी छ । अध्यक्षको बर्खास्ती सम्बन्धी निर्णयको छिनोफानो आजै हुने स्रोतले बतायो ।
एन्फाका बहुमत सदस्यले गत भदौमा वर्तमान नेतृत्वले काम गर्न नसकेको भन्दै विभिन्न १९ आरोपसहित अध्यक्ष नेम्वाङसहित महासचिव किरण राईलाई बर्खास्तीको माग गर्दै एन्फामा निवेदन पेश गरेका थिए ।
तर अध्यक्ष नेम्वाङले आफू मात्र बर्खास्तीको प्रस्ताव फेस गर्ने निर्णय गर्दै विशेष साधारण सभामा उक्त एजेन्डा लगेका हुन् । विधान अनुसार महासचिवको नियुक्ति र बर्खास्तीको अधिकार कार्यसमितिलाई दिइएको भन्दै अध्यक्ष नेम्वाङले आफ्नो मात्र एजेन्डा समावेश गरेका हुन् ।
नेम्वाङको बर्खास्तीको विषयमा आजै विशेष साधारण सभामा मतदान हुनेछ । एन्फाको कूल १०७ सदस्य ९जिल्ला, क्लब, संघ० मध्ये विशेष साधारण सभामा ८७ जनालाई मात्र मताधिकार हुनेछ ।
एन्फा विधान अनुसार अध्यक्षको बर्खास्तीका लागि दुई तिहाइ मत आवश्यक पर्छ । अध्यक्षको बर्खास्तीका लागि कम्तीमा पनि ५८ मत आवश्यक पर्नेछ ।
२०७९ असारमा भएको एन्फा निर्वाचनमा निवर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पालाई हराउँदै पंकजविक्रम नेम्वाङ अध्यक्ष बनेका थिए । तर नेम्वाङ नेतृत्वले एक वर्ष बितिसक्दा पनि अपेक्षा अनुसार काम गर्न नसकेको भन्दै कर्मा शेर्पासहित असन्तुष्ट पक्षले अध्यक्ष र महासचिवलाई बर्खास्त गर्नुपर्ने माग गरेका थिए ।
Comments
अरु समाचार
-
सुदूरपश्चिम प्रदेश महिला क्रिकेटको फाइनलमा
काठमाडौं । सुदूरपश्चिम प्रदेश ललितपुर मेयर कप राष्ट्रिय महिला टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । सुदूरपश्चिमले बागमती...
-
आईपीएलमा आज मुम्बई इन्डियन्स र लखनउ सुपर भिड्दै
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज मुम्बई इन्डियन्स र लखनउ सुपर जाएन्ट्स खेल्दैछन् । यी दुई देशको खेल...
-
बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ, विश्वकप खेल्न पठाउने क्यानको तयारी
काठमाडौं । क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले सफाइ दिएको छ । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासले...
-
क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले दियो सफाइ
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिएको छ । जिल्ला अदालत काठमाडौंले गरेको फैसला उल्टाउँदै...
-
अखिल नेपाल ब्याडमिन्टन संघ गठन: अध्यक्षमा तिलक, महासचिवमा बेनुप
काठमाडौं । नेपाल ब्याडमिन्टन संघका कोषाध्यक्ष तिलक पाण्डेको अध्यक्षतामा अखिल नेपाल ब्याडमिन्टन संघ गठन भएको छ। सत्तारुढ दल नेकपा माओवादी...
-
आईपीएल: मुम्बईलाई पराजित गरेसँगै कोलकाता शीर्ष स्थानमा
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा शीर्ष स्थानको कोलकाता नाइट राइडर्सले मुम्बई इन्डियन्सलाई १८ रनले पराजित...
-
युरोपेली च्याम्पियन्स लिगको फाइनलमा रियल मड्रिड
काठमाडाैँ । रियल मड्रिड युरोपेली च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । च्याम्पियन्स लिगअन्तर्गत गए रात भएको सेमिफाइनलको दोस्रो लेगमा...
-
आईपीएलः आज पञ्जाब किंग्स र रोयल च्यालेन्जर्सबीच भिडन्त हुँदै
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा सनराइजर्स हैदरावादले लखनउ सुपर जायन्ट्समाथि १० विकेटको ऐतिहासिक जित निकालेको...
-
इन्डियन प्रिमियर लिग: राजस्थान रोयल्यसमाथि दिल्ली क्यापिटल्सको जित
काठमाडाैँ । इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई पराजित गरेको छ । अरुण जेटली स्टेडियममा भएको खेलमा...