ताजा समाचार

वीरगन्ज गोल्डकप : उपाधिका लागिआज पुलिस र आर्मी क्लब भिड्दै

काठमाडौँ । मधेश प्रदेशको सबैभन्दा बढी धनराशिको प्रथम वीरगन्ज गोल्डकप फुटबल प्रतियोगिताको फाइनल खेल आज हुँदैछ ।वीरगन्जको आदर्शनगर रंगशालामा दिउँसो हुने खेलमा उपाधिका लागि नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

दुबै विभागी टोलीका प्रशिक्षकले फाइनल खेल निकै प्रतिस्पर्धात्मक हुने बताएका छन् । नेपाल पुलिसका प्रशिक्षक चेतन घिमिरेले टिमवर्क र प्रदर्शन राम्रो भएकाले उपाधि जित्ने दाबी गरे ।

यस्तै, आर्मीका प्रशिक्षक विकास मल्लले उपाधिका लागि राम्रो तयारी रहेको बताए । बिजेता टोलीले ११ लाख ११ हजार र उपविजेता टोलीले ५ लाख ५५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । भेट्रान्स सिटी क्लबले आयोजना गरेको गेल्डकपमा नेपालका ६ र भारतका २ गरी ८ टिमले प्रतिस्पर्धा गरेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org