टिकटक बन्द नगराउने इन्टरनेट सेवा प्रदायक कम्पनीलाई कारबाही गर्ने चेतावनी
सबै इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायकलाई टिकटक बन्द गर्न निर्देशन
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक बन्द नगराउने इन्टरनेट सेवा प्रदायक कम्पनीलाई कारबाही गर्ने चेतावनी दिएको छ । प्राधिकरणले मंगलबार प्रेस विज्ञिप्त जारी गर्दै सबै इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायकलाई टिकटक बन्द गर्न निर्देशन दिइसकेको भए पनि केही सेवा प्रदायकको नेटवर्कबाट टिकटकमा पहुँच पुगिरहेको र टिकटक प्रयोग भइरहेको भन्दै तत्काल प्राधिकरणको निर्देशन कार्यान्वयन गरी जानकारी गराउन सबै सेवा प्रदायकलाई आग्रह गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सामाजिक सञ्जालको रुपमा प्रयोग भइरहेको टिकटकका माध्यमबाट सामाजिक सद्भाव एवम् सामाजिक वातावरणमा नकारात्मक असर परिरहेको भन्दै नेपालमा टिकटकको प्रयोगमा तत्काल रोक लगाउने निर्णय गरेको थियो ।
त्यसपछि सरकारको निर्णय कार्यान्वयन गर्न दूरसञ्चार ऐन, २०५३ को दफा १५ ले दिएको अधिकार प्रयोग गरेर प्राधिकरणले सेवा प्रदायक कम्पनीलाई तत्काल टिकटक बन्द गर्न निर्देशन दिएको थियो । प्राधिकरणको निर्देशन र आदेशको पालना गर्नु सेवा प्रदायकको कर्तव्य हुने र सेवा प्रदायकले त्यस्तो निर्देशन आदेशको पालना नगर्दा दूरसञ्चार ऐन, २०५३ को दफा ४७ बमोजिम प्राधिकरणबाट कारबाही गरिने पनि प्राधिकरणले विज्ञप्तिमार्फत चेतावनी दिएको छ ।
के हुन्छ कारबाही ?
प्राधिकरणले तत्काल सेवा प्रदायकले टिकटक बन्द नगराए दूरसञ्चार ऐन, २०५३ को दफा ४७ अनुसार कारबाही गर्ने चेतावनी दिएको छ । तर, तत्काल टिकटक बन्द नगरे कस्तो कारबाही हुन्छ ? सबैमा चासो हुनसक्छ ।
दूरसञ्चार ऐन, २०५३ को दफा ४७ मा नेपाल दूरसञ्चार प्राधिकरणले दिएको आदेश वा निर्देशनको पालना नगरेमा प्राधिकरणले त्यस्तो व्यक्ति वा संस्थालाई ५० हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था छ ।
Comments
अरु समाचार
-
रसुवामा निर्माणाधीन सुक्खा बन्दरगाहको काम ७२ प्रतिशत पूरा
काठमाडौं । चीनसँग सीमा जोडिएको मुलुकको उत्तरी नाका रसुवाको टिमुरेमा निर्माणाधीन सुक्खा बन्दरगाह ७२ प्रतिशत पूरा भएको छ । चीन...
-
आज सुनको मूल्य बढ्यो
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४००...
-
“चेम्बर अफ कमर्सकाे उद्देश्य स्थानीय उत्पादनको प्रवर्द्धन एवं बजारीकरण”
काठमाडौँ: नेपाल चेम्बर अफ कमर्सको आयोजनामा आठौँ चरणको ‘चेम्बर एक्स्पो २०२५’ आयोजना गर्ने भएको छ । भृकुटीमण्डपमा आगामी माघ १७...
-
सुनको मूल्य बढ्यो
काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ। आज सुन तोलामा ६ सय रुपैयाँले बढेको हो। मूल्य बढे सँगै...
-
दैलेखमा पेट्रोलियम अन्वेषणको काम अन्तिम चरणमा, ७० मिटर खन्न बाँकी
काठमाडौं । दैलेखमा जारी पेट्रोलियम पदार्थ अन्वेषणको काम अन्तिम चरणमा पुगेको छ । खानी तथा भूगर्भ विभागका अनुसार बुधबारसम्म तीन...
-
सिद्धबाबा सुरुङमार्ग : छिचोलिए तीन वटै ‘बाइपास’
काठमाडौं । ‘मृत्युमार्ग’ का रूपमा चिनिने सिद्धार्थ राजमार्ग अन्तर्गतको बुटवल–तानसेन सडकखण्डको निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग अन्तर्गत तीन वटै सहायक सुरुङमार्ग (बाइपास)...
-
लेटाङमा व्यावसायिक कफीखेती, एकै वडाका १२० परिवार खेतीमा तल्लीन
काठमाडौं । कफीखेतीबाट प्रशस्त आम्दानी हुन थालेपछि परम्परागत खेतीलाई छाडेर लेटाङका किसान व्यावसायिक कफीखेतीतर्फ लागेका छन् । लेटाङ नगरपालिका–७ समला...
-
आजको राशिफलः २०८१ पुस १० गते बुधवार
मेष अध्ययन, लेखन तथा मनोरञ्जनमा समय बित्नेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ भने शुभचिन्तकहरूको सहयोग प्राप्त हुनेछ। भौतिक साधन जुट्नेछन्।...
-
एफवान सफ्ट कम्पनीको बैंक खाताबाट ह्याकरले ३ करोड ५१ लाख चोर्याे
काठमाडौं । एफवान सफ्ट कम्पनीको बैंक खाताबाट ह्याकरले ३ करोड ५१ लाख ५० हजार ३०० रुपैयाँ चोरी गरेको छ ।...