ताजा समाचार

विश्वकप क्रिकेटको पहिलो सेमिफाइनलमा भारत र न्युजिल्याण्ड खेल्दै

खेल दिउँसो सवा २ बजे वाङखडेमा शुरु हुने

काठमाण्डौ । भारतमा चलिरहेको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आजदेखि सेमिफाइनलको खेल शुरु हुँदैछ । पहिलो सेमिफाइनलमा आज आयोजक भारत र न्युजिल्याण्ड खेल्दैछन् । यो खेल दिउँसो सवा २ बजे वाङखडेमा शुरु हुनेछ । जारी विश्वकपमा भारत अपराजित टोली हो ।

न्युजिल्याण्डले नौ मध्ये पाँच खेल जितेर चौथो स्थानमा रहँदै सेमिफाइनलमा पुगेको हो । चार वर्ष अगाडिको विश्वकपमा भारत सेमिफाइनलमै रोकिएको थियो । त्यो पनि न्युजिल्यान्डसँग हारेर । त्यस्तै सन् २०२१ को विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा पनि न्युजिल्यान्डले भारतलाई हराएको थियो ।

त्यस्तै दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिका र अष्ट्रेलिया भोलि खेल्नेछन् । यो खेल पनि दिउँसो सवा २ बजे इडेन गार्डेनमा शुरु हुनेछ । नौमध्ये सात खेल जितेको दक्षिण अफ्रिका दोस्रो र नौ खेलमा सातवटा नै खेल जितेको अष्ट्रेलिया रनरेटका आधारमा तेस्रो स्थानमा रहेर सेमिफाइनलमा पुगेको हो । फाइनलमा पुग्ने २ टोलीले उपाधिका लागि नोभेम्बर १९ अर्थात् मंसिर ३ गते आइतवार खेल्नेछन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org