ताजा समाचार

यू-१९ एसिया कप : सहभागी हुने नेपाली टोलीको घोषणा

काठमाडौं । आसन्न एसीसी यू-१९ एसिया कपमा सहभागी हुने नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ ९क्यान०ले मंगलबार देव खनालको कप्तानीमा १४ सदस्यीय राष्ट्रिय टोली घोषणा गरेको हो ।

टोलीका सदस्यहरुमा अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपकप्रसाद डुम्रे, हेमन्त धामी, गुल्शनकुमार झा, दीपेशप्रसाद कँडेल, विशालविक्रम केसी, सुवास भण्डारी, दीपक बोहरा, उत्तम रांगु थापामगर, विपीन रावल, तिलकराज भण्डारी र आकाश चन्द रहेका छन् ।

यूएईमा डिसेम्बर ८ देखि हुने प्रतियोगिताको पहिलो चरणमा नेपालले भारत, पाकिस्तान र अफगानिस्तानसँग खेल्नेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org