ताजा समाचार

रोनाल्डोसम्मिलित अल नासरको लज्जास्पद हार

काठमाडौँ ।साउदी प्रो लिगमा पोर्चुगिज खेलाडी क्रिष्टियानो रोनाल्डोसम्मिलित अल नासरले लज्जास्पद हार बेहोरेको छ । गएराति किङ फाद इन्टरनेसनल स्टेडियम रियादमा भएको खेलमा अल नासर अल हिलालसँग ३–० गोलले पराजित भएको हो ।

अल हिलालका लागि एलेक्सान्दर मित्रोभिचले दुई तथा सेर्गेज मिलिन्कोभिक सभिकले एक गोल गरेका थिए । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा तीनै गोल दोस्रो हाफमा भएका थिए ।

यो जितसँगै अपराजित रहेको अल हिलाल १५ खेलबाट ४१ अंकका साथ शीर्षस्थानमा यथावत छ । अल हिलालले १५ मध्ये १३ खेलमा जित र दुई खेलमा बराबरी गरेको छ । पराजित भएको अल नासर समान खेलबाट ३४ अंकसहित दोस्रो स्थानमा छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org