ताजा समाचार

एसिसी यू–१९ एसिया कप अन्तर्गत आज दुई खेल हुँदै

काठमाडौं । शुक्रबारदेखि सुरु भएको एसिसी यू–१९ एसिया कप अन्र्गत शनिबार दुई खेल हुँदैछन् । संयुक्त अरब इमिरियट्स (युएई)मा जारी प्रतियोगितामा आज समूह ‘बी’ अन्तर्गत पहिलो खेलमा युएईले बंगलादेशको सामना गर्नेछ । दोस्रो खेलमा श्रीलंका र जापानबीच प्रतिस्पर्धा हुनेछ । दुवै खेल नेपाली समय अनुसार बिहान ११ः १५ बजे सुरु हुँदैछन् ।

समूह ‘ए’मा रहेका नेपाल, पाकिस्तान, भारत र अफगानिस्तानले एकएक खेल खेलिसकेका छन् । शुक्रबार भएको खेलमा पाकिस्तान र भारतले विजयी सुरुवात गरेका हुन् । पाकिस्तानले नेपालमाथि र भारतले अफगानस्थानमाथि सात–सात विकेटको जित निकालेका हुन् ।

समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्। पहिलो खेलमा पाकिस्तानसँग नमिठो हार खाएको नेपालले अर्को खेल मसिंर २४ गते अफगानिस्तान र २६ गते भारतसँग खेल्नेछ। समूह चरणका खेल सकिएपछि मंसिर २९ गते सेमिफाइनलका दुई खेल हुनेछन् भने पुस १ गते फाइनल छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org