ताजा समाचार

प्रिमियर लिगमः टोटनहमले नटिङघम फरेस्टलाई दुई गोलले हरायो

काठमाण्डौ । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा टोटनहमले नटिङ्घम फरेस्टलाई हराएको छ । गएराति भएको खेलमा टोटनहम २–० गोलले विजयी भयो । उसका रिचार्लिसनले पहिलो हाफको इन्जुरी समय र डेजन कुलसेभ्सकीले खेलको ६५औँ मिनेटमा गोल गरे ।

टोटनहम ७०औँ मिनेटमा १० खेलाडीमा सीमित भयो तर त्यसपछि पनि नटिङ्घम फरेस्ट खेलमा फर्कन सकेन । जितसँगै टोटनहम १७ खेलमा ३३ अंककासाथ तालिकाको पाँचौँ स्थानमा छ । समान खेलमा १४ अंक रहेको नटिङ्घम फरेस्ट १६औँ स्थानमा छ ।

आज चार खेल हुँदैछन् । नेपाली समय अनुसार राति पौने ९ बजे बर्नमाउथ र लुटन टाउन, चेल्सी र सेफिल्ड युनाइटेड, म्यानचेस्टर सिटी र क्रिस्टल प्यालेस तथा न्युक्यासल र फुलहमबीच खेल हुनेछ । प्रिमियर लिगमा १६ खेलमा ३७ अंककासाथ लिभरपुल शीर्ष, ३६ अंककासाथ आर्सनल दोस्रो, ३५ अंक रहेको एस्टनभिल्ला तेस्रो र ३३ अंक रहेको म्यानचेस्टर सिटी चौथो स्थानमा रहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org