ताजा समाचार

नेपाल सुपर लिगमा आज काठमाडौँ र धनगढी भिड्ने

काठमाडौँ– नेपाल सुपर लिग फुटबलमा आज काठमाडौँ रेजर्स र धनगढी एफसी खेल्दैछन् । खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ ५ बजे सुरु हुनेछ ।

जारी लिगमा दुवै टोलीले आज छैटौँ खेल खेल्दैछन् । आज काठमाडौँ तेस्रो जितको खोजीमा रहँदा धनगढी अपराजित यात्रालाई कायम राख्दै चौथो जित निकाल्ने लक्ष्यका साथ मैदानमा उत्रँदै छ ।

अहिलेसम्मका खेलमा काठमाडौँ दुईमा जित, दुईमा बराबरी र एकमा हार बेहोर्दै ८ अंकका साथ तेस्रो स्थानमा छ । यस्तै, धनगढी तीनमा जित र दुईमा बराबरी गर्दै ११ अंकका साथ शीर्षस्थानमा छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org