ताजा समाचार

नेपाल सुपर लिग (एनएसएल) मा आज दुई खेल हुँदै

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) २०२३ मा आज दुई खेल हुँदैछ । आज पोखरा थण्डर्स र ललितपुर सिटी एफसीलाई शीर्ष स्थानमा उक्लेन अवसर छ भने एनएसएलको नयाँ टोली स्पोर्टिङ इलाम आफ्नो अन्तिम खेल खेल्दैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा दिउँसो तीन बजे हुने खेलमा इलामले ललितपुर सिटीको सामना गर्नेछ । यस सिजन अपराजित दुईमध्ये एक ललितपुर ६ खेलबाट १० अंक जोडेर तेस्रो स्थानमा छ ।

ललितपुरले २ जित हात पार्दा ४ बराबरी खेलेको थियो । आजको खेल जितेमा ललितपुर १३ अंक जोड्दै शीर्ष स्थानमा उक्लने अवसर छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org