ताजा समाचार

लिभरपुल इङ्ग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा

काठमाडौं । लिभरपुल इङ्ग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा बर्नलीलाई २–० गोलले हराउँदै लिभरपुल शीर्ष स्थानमा पुगेको हो । उसका डार्विन नुनेजले खेलको शुरुवाती छैटौँ मिनेटमा नै गोल गरी अग्रता दिलाए ।

त्यस्तै, खेलको अन्तिम समयमा डिएगो जोटाले गोल थपे । जितसँगै लिभरपुलले १९ खेलमा ४२ अङ्क जोडेको छ । दोस्रो स्थानमा रहेको आर्सनलको १८ खेलमा ४० अङ्क छ । लिभरपुलसँग पराजित बर्नली १९ खेलमा ११ अङ्ककासाथ पुछारबाट दोस्रोमा छ ।

अर्को खेलमा म्यानचेस्टर युनाइटेडले एस्टनभिल्लालाई ३–२ गोलले हराएको छ । युनाइटेडसँग हारेको एस्टन १९ खेलमा ३९ अङ्ककासाथ तालिकाको तेस्रो स्थानमा छ । समान खेलमा ३१ अङ्क रहेको युनाइटेड छैटौँ स्थानमा छ ।

त्यस्तै, गएराति भएका अरु खेलमा बर्नमाउथले फुलहमलाई ३–० गोलले, लुटन टाउनले सेफिल्ड युनाइटेडलाई ३–२ गोलले र नटिङ्घम फरेस्टले न्युक्यासललाई ३–१ गोलले हराएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org