ताजा समाचार

सन्दीप लामिछाने विरूद्धको बलात्कार मुद्दामा फैसला आज आउने

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध परेको बलात्कारको मुद्दाको बहस सकिएको छ ।

नेपाली राष्ट्रिय टिमका लेग स्पिनर तथा पूर्व कप्तान सन्दीप लामिछानेको मुद्दामा आज फाइनल बहस सकिंए सँगै आज अन्तिम फैसलाआउने भएको हो । गत आइतबारदेखी सुरु भएको बहस आज सन्दीप पक्षबाट दुइजना कानुन ब्यबसायीले बहस गरेपछि जाहेरीकर्ताले जवाफी बहस गरेसँगै सकिएको हो ।

यसअघि ११ वैशाखमा पहिलो पटक सर्वोच्चको आदेशपछि फाइनल सुनुवाइ सुरु भएको थियो। न्यायाधीश दीपक ढकालको इजलासमा सरकारी पक्षका वकिलहरुले ४ घण्टा बढी बहस गरिसकेका थिए।

न्यायाधीशले इजालासमा बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखेर निरन्तरता दिने आम प्रचलन रहे पनि न्यायाधीश दीपक ढकालले मुद्दा हेर्दाहेर्दैमा नराखेर हेर्न नभ्याइने आदेश गरेपछि बहस अर्थहीन हुँदै मुद्दा फेरि लम्बिन पुगेको थियो। यो पटक भने मुद्दाले किनारा पाएको छ।

जिल्ला अदालत, काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासमा पीडित गौशला २६ आफैं उपस्थित भएर आफ्ना धारणा राखेकी थिइन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org