ताजा समाचार

सन्दीप लामिछाने थप कानुनी उपचारका लागि उच्च अदालत जाने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर तथा पूर्व कप्तान सन्दीप लामिछाने थप कानुनी उपचारका लागि उच्च अदालत जाने भएका छन् ।

जिल्ला अदालत काठमाडौंले शुक्रबार जबरजस्ती करणीको मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई दोषी ठहर गरेको थियो । जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले किशोरी साबालिग रहेको ठहर गरेको थियो ।

अदालतको आदेशपछि सन्दीपका वकिल सरोज कृष्ण घिमिरेले जिल्लाको फैसला चित्त नबुझेको भन्दै थप कानुनी उपचारका लागि उच्च अदालत जाने बताएका हुन् ।

घिमिरेले भने,”सम्मानित अदालत र माननीय न्यायाधीशको स्वतन्त्रता र सक्षमतामा हामीलाई अटल आस्था, भरोसा र विश्वास छ। क्रिकेटर सन्दीप लामिछानेको हकमा काठमाडौँ जिल्ला अदालतबाट दोषी ठहर हुने गरी भएको फैसलामा हाम्रो चित्त बुझेको छैन । हाम्रो पक्ष दोषी होइन भन्ने कुरामा हामी विश्वस्त भएको हुँदा थप कानुनी उपचारका लागि हामी उच्च अदालत जानेछौँ ।”

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org