ताजा समाचार

इंग्लिस प्रिमियर लिगमा लिभरपुलको अग्रता कायमै

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले सानदार जित निकालेको छ । आज मंगलबार बिहान सम्पन्न खेलमा न्यूक्यासललाई ४–२ गोलले हराउँदै लिभरपुल विजयी भएको हो ।

लिभरपुलका मोहमद सलाहले दुई तथा कर्टिस जोन्स र कोडी गाक्पोले एक–एक गोल गरेका थिए । यस्तै, न्यूक्यासलका अलेक्जेन्डर इसाक र स्वेन बोटम्यानले एक–एक गोल फर्काएका थिए । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दुवै पक्षले दोस्रो हाफमा गोल गरेका थिए ।

खेलको ४९औ मिनेटमा गोल गर्दै लिभरपुलका सलाहले टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । तर ५४औँ मिनेटमा न्यूक्यासलका इसाकले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

यस्तै, ७४औँ मिनेटमा कर्टिस र ७८औँ मिनेटमा कोडीले गोल गर्दै लिभरपुल ३–१ को अग्रता दिलाए । त्यसपछि ८१औँ मिनेटमा न्यूक्यासलका बोटम्यानले गोल गरे पनि न्यूक्यासललाई हारबाट जोगाउन सकेनन् । यो खेलपछि लिभरपुल २० खेलबाट ४५ अंक जोडेर तालिकाको शीर्षस्थानमा यथावत रहेको छ । भने पराजित भएको न्यूक्यासल २९ अंकका साथ तालिकाको नवौँ स्थानमा छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org