ताजा समाचार

आज प्रधानमन्त्री कप महिला टी–२० प्रतियोगिताको फाइनल खेल

काठमाडौँ । प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय प्रतियोगिताको फाइनल खेल आज हुँदैछ । कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा बिहान ११ बजे सुरु हुने खेलमा विभागीय टोली एपीएफ र कोशी प्रदेशबीच उपाधि भिडन्त हुनेछ ।

प्रतियोगितामा एपीएफ अपराजित रहँदै फाइनलमा पुगेको हो । लिग चरणमा सबै खेल जितेर शीर्ष स्थानमा रहँदै पहिलो क्वालिफायर खेलेको एपीएफले कोशी प्रदेशलाई ५२ रनले पराजित गर्दै फाइनलमा पुगेको थियो ।

त्यस्तै, पहिलो क्वालिफायरमा पराजित भएर दोस्रो क्वालिफायर खेलेको कोशी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको हो ।

जारी प्रतियोगितामा एपीएफ र कोशीबीच आज तेस्रो भिडन्त हुँदैछ । यस अघिका दुवै खेलमा एपीएफले जितेको थियो । लिग चरणमा एपीएफले ८ विकेटले कोशीलाई पराजित गरेको थियो । अब तेस्रो भिडन्तमा कोशीले एपीएफलाई हराएर बदला लिने अवसर रहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org