ताजा समाचार

प्रधानमन्त्री प्रचण्ड र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतका विदेशमन्त्री एस जयशंकरले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेट गरेका छन् ।

बिहीबार सिंहदरबारमा शिष्टाचार भेट भएको हो । आजै बिहान नेपाल आइपुगेका जयशंकरले यसअघि राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गरेका थिए ।

प्रधानमन्त्रीसँगको भेटपछि उनी नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन दरबारमार्गथित होटेल याक एन्ड यती पुगेका छन् । बैठकमा नेपालको नेतृत्व परराष्ट्रमन्त्री साउद र भारतको नेतृत्व जयशंकरले गर्नेछन् । बैठकमा सहभागी हुनुअघि उनले परराष्ट्रमन्त्री साउदसँग भेटवार्ता गर्नेछन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org