ताजा समाचार

अदालतबाट दोषी ठहर सन्दीपको सजाय आज तोकिँदै

काठमाडौं । बलात्कार मुद्दामा जिल्ला अदालतबाट दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेको सजाय आज तोकिने भएको छ ।

पुस १३ गते अदालतबाट दोषी ठहर गरिएका लामिछानेको सजाय तोक्न आज पेसी तोकिएको थियो । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले उनलाई जबरजस्ती करणी मुद्दामा दोषी ठहर गरेको थियो ।

लामिछानेले पीडित युवतीको नाजुक आर्थिक अवस्थाको फाइदा उठाएर जबरजस्ती करणी गरेको अदालतको ठहर छ । आजको पेसीबाट लामिछानेको कैद, जरिवाना र क्षतिपूर्ति निर्धारण हुने छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org