ताजा समाचार

यू-१९ विश्वकपको पहिलो खेलमा नेपाल ६४ रनले पराजित

काठमाडौं । आईसीसी यू-१९ विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत पहिलो खेलमा नेपाल न्यूजिल्याण्डसँग ६४ रनले पराजित भएको छ । न्यूजिल्यान्डले दिएको ३०३ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २३८ रन मात्र बनाउन सक्यो ।

नेपालका लागि ओपनर अर्जुन कुमालले ९० रनको उत्कृष्ट इनिङ खेलेपनि टिमलाई जित दिलाउन सकेनन् । अर्जुनले १०४ बलमा ९० रन बनाएर आउट भएका थिए । नेपालको ब्याटिङमा अर्जुन, कप्तान देव खनालले ३६ र सुभाष भण्डारीले ३३ रन बनाउनुबाहेक अन्य ब्याटर क्रिजमा जम्न सकेनन् ।

बलिङतर्फ न्यूजिल्यान्डका मासन क्लार्क ३, ओस्कर ज्याक्सन र इवाल्ड श्रुडरले २, म्याट रो र ज्याक कमिङले एक एक विकेट लिए । यसअघि दक्षिण अफ्रिकाको बफेलो पार्क क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको न्यूजिल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३०२ रन बनाएको थियो । न्युजिल्यान्डका लागि स्नेहिथ रेड्डी एक्लैले अविजित १ सय ४७ रन बनाएका थिए ।

रेड्डीले चौथो विकेटका लागि कप्तान ओस्कर ज्याक्सनसँग १ सय ५७ रनको साझेदारी गरेका थिए। ज्याक्सनले ७५ रन जोडेका थिए । नेपालका बलर सुबास भन्डारीले ३, गुल्सन झाले २ तथा दीपेश कँडेल, आकाश त्रिपाटी र तिलक भन्डारीले एक एक विकेट लिए । अब नेपालले जनवरी २४ (माघ १०) मा पाकस्तिान र जनवरी (२६ )माघ १२ मा पाकिस्तानको सामना गर्नेछ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org