यू-१९ विश्वकप: नेपाल पाकिस्तानसँग पाँच विकेटले पराजित
काठमाडौं । आईसीसी यू-१९ एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत बुधबार राति सम्पन्न खेलमा पाकिस्तानले नेपाललाई पराजित गरेको छ । पाकिस्तानले नेपाललाई ५ विकेटले पराजित गरेको हो ।
दक्षिण अफ्रिकाको बफेलो पार्क क्रीकेट मैदानमा नेपालले टस जितेर पहिला ब्याटिङ गरेको थियो । नेपाल निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै १९७ रनमा समेटिएको थियो । यता जवाफी ब्याटिङ गरेको पाकिस्तानले ५ विकेटको क्षतिमा १४ बल बाँकी छँदै अर्थात् ४७ दशमलब ४ ओभरमा नेपालले प्रस्तुत गरेको लक्ष्य भेट्टाउन सफल भयो ।
नेपालको यो लगातार दोस्रो हार हो । लगातार दोस्रो जितसँगै समूह डी बाट पाकिस्तान र न्युजिल्यान्ड सुपर सिक्समा प्रवेश गरेका छन् ।शुक्रबार नेपाल र अफगानिस्तानबीच हुने खेलको विजेता टोली तेस्रो स्थानमा रहँदै सुपर सिक्समा पुग्नेछ । पाकिस्तानको जितमा आजन आविसले ८२ बलमा ६ चौकासहित नटआउट ६३ रन जोडे । उनले दीपक डुम्रेलाई चौका हान्दै खेल अन्त्य गरेका थिए ।
पाकिस्तानलाई ओपनर शम्याल हुसेन र शाहजैब खानले २१.२ ओभरमा ८० रनको साझेदारी गर्दै संयमित सुरुवात दिलाएका थिए । तर तीव्र गतिका बलर आकाश चन्दले २२ औं ओभरमा दुबै ओपनरलाई आउट गरेपछि नेपालले खेलमा फर्किन सक्ने झिनो सम्भावना देखाएको थियो ।हुसेन ५९ बलमा ४ चौका र १ छक्कासहित ३७ रनमा आउट भए । खान ७० बलमा ३ चौका र १ छक्कासहित ३७ रनमा आउट भए । आकाशले सट बलमा दुबै ओपनरलाई आउट गरेका थिए । आकाशले अरफत मिन्हासलाई ८ रनमा सट बलमा दीपक डुम्रेबाट क्याच आउट गराउँदै पाकिस्तानी टिमलाई केही दबाबमा राख्न खोजेका थिए ।
कप्तान साद बेग आकाश त्रिपाठीको बलमा दीपक बोहराबाट क्याच आउट भएका थिए । एक समय पाकिस्तान ८०–० बाट १०४–४ को अवस्थामा पुगेको थियो ।पाँचौं विकेटका लागि आजन आविस र अहमद हसनले ८५ बलमा ६४ रनको साझेदारी गरेपछि नेपालले २००२ पछि पाकिस्तानलाई हराउने सपना अधुरै बनेको थियो ।
हसन ३७ बलमा ४ चौकासहित २९ रनमा स्टम्पिङ आउट भए । दीपेश कँडेललाई अघि बढेर सट खेल्ने क्रममा विकेटकिपर विपिन रावलको हातमा लागेर बल स्टम्प लाग्न पुगेको थियो । हरुन अर्शद १८ बलमा २ चौकासहित १५ रनमा नट आउट रहे ।नेपालका आकाश चन्दले ९ ओभरमा ३४ रन खर्चेर सर्वाधिक ३ विकेट लिए । आकाश त्रिपाठी र दीपेश कँडेलले १(१ विकेट लिए । गुल्सन झाले १० ओभरमा २९ रन खर्चिँदा विकेट भने लिन सकेनन् ।
नेपालका विपिनले ६८ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ३९ रन जोडे । नेपालले शीर्षक्रमका दुई ब्याटर अर्जुन कुमाल र आकाश त्रिपाठीलाई ६–६ रनमै गुमाएको थियो । कप्तान देव खनाल ३७ बलमा ३ चौकासहित २३ रन बनाउन सके । उत्तम थापा मगर ४, दीपेश कँडेल १७ बलमा २ चौकासहित १३ र दीपक डुम्रे १ छक्कासहित २६ रनमा आउट भएका थिए ।
तल्लो क्रममा आकाश चन्द ११ बलमा १ चौका र १ छक्कासहित १६ रनमा नट आउट रहे । सुवास भण्डारीले २४ बलमा २० रन बनाए । नेपालले २६ रन एक्स्ट्रा पाएको थियो । गुल्सन झाले ४७ बलमा १८ रन बनाए । देव, गुल्सन र अर्जुन प्रमुख ब्याटर चल्न नसकेपछि बलियो योगफलमा पुग्न सकेको थिएन ।
पाकिस्तानका स्पिनर अरफत मिन्हासले १० ओभरमा ३ मेडनसहित २३ रन खर्चेर ३ विकेट लिए । उनले पाकिस्तानको सिनियर टोलीबाट समेत खेलेका छन् । अहमद हसन र उबेद साहले २–२ विकेट लिए । नेपाल पहिलो खेलमा आइतबार न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको थियो । नेपाल सुपर सिक्समा पुग्न शुक्रबार अफगानिस्तानलाई हराउनुपर्ने हुन्छ । अन्यथा नेपाल समूह चरणबाट बाहिरिनेछ । अफगानिस्तान पाकिस्तानसँग १८१ रन र न्युजिल्यान्डसँग १ विकेटले पराजित भएको थियो । त्यसैले सुपर सिक्समा पुग्न समूह डी बाट शुक्रबार नेपाल र अफगानिस्तानबीचको खेल नकआउट सरह हुनेछ ।
Comments
अरु समाचार
-
ला लिगाको उपाधि रियल मड्रिडको पोल्टामा
काठमाडौं । रियल मड्रिडले ३६औं पटक स्पानिस ला लिगाको उपाधि जितेको छ । ला लिगामा दोस्रो स्थानको बार्सिलोना शनिबार राति...
-
वेस्ट इन्डिज ‘ए’ माथि नेपालको ६ विकेटको जीत
काठमाडौं । ओपनर आसिफ शेख र अनिल साहको अर्धशतकप्रेरित नेपालले ट्वान्टी–२० शृंखलाको अन्तिम खेलमा वेस्ट इन्डिज ‘ए’विरुद्ध ६ विकेटको सहज...
-
आईपीएल: शीर्ष स्थानको राजस्थानमाथि हैदरावादको १ रनको सनसनीपूर्ण जित
काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा शीर्ष स्थानको राजस्थान रोयर्ल्समाथि सनराइजर्स हैदरावादले १ रनको सनसनीपूर्ण जित निकालेको...
-
वेस्टइन्डिज ‘ए’ले जित्यो टस, नेपालले पायो फिल्डिङको निम्तो
काठमाडौं । वेस्ट इन्डिज ‘ए’ सँगको चौथो खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा...
-
टी-२० सिरिज अन्तर्गत नेपालले आज वेस्टइन्डिजसँग चौंथो खेल खेल्दै
काठमाडौं । वेस्टइन्डिज ए सँगको टी-२० सिरिजअन्तर्गत नेपालले आज चौंथो खेल खेल्दैछ । खेल दिउँसो १२ स् १५ मा त्रिवि...
-
आइपीएलः पञ्जाबले चेन्नईमाथि ७ विकेटको सहज जित हात हात पार्यो
काठमाडौं । पञ्जाब सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को ४९ औं खेलमा चेन्नई सुपर किंग्समाथि ७ विकेटको सहज...
-
राेहितकाे कप्तानीमा टी–२० विश्वकप खेल्ने नेपाली टाेलीकाे घाेषणा
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले विश्वकप खेल्ने नेपाली टोलीको घोषणा गरेको छ । बुधबार क्यानले टिमको घोषणा गरेको हो ।...
-
वेस्ट इन्डिज ‘ए’द्वारा नेपालसामु २२८ रनको लक्ष्य
काठमाडौं । टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ले नेपालसामु जितका लागि दुई सय २८ रनको लक्ष्य प्रस्तुत गरेको छ...
-
टस हारेर फिल्डिङ गर्दै नेपाल, दीपेन्द्र सिंहको कप्तानी
काठमाडाैं। पाँच खेलको टी–२० श्रृङ्खला अन्तर्गत आज नेपाल र वेस्ट इन्डिज ‘ए’ बीच तेस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ले टस जितेर...