पर्यटकको रोजाइमा किचकबध
काठमाडौं । महाभारतकालीन कथासँग जोडिएको धार्मिक तथा पर्यटकीयस्थल किचकबध आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने गरेको छ ।
भद्रपुर नगरपालिका–२ मा १० बिघा जमिनमा फैलिएको यस स्थानमा पुग्नका लागि चन्द्रगढी विमानस्थलबाट दक्षिण १० किलोमिटर रहेको छ । प्राकृतिक दृश्यावलोकनका लागि सुन्दर मेची र देउनिया नदीको दोभानमा अवस्थित किचकबधस्थलमा हाल भीमसेनले किचकलाई बध गरिरहेका दुई मूर्ति छन् ।
विसं २०३८ मा निर्मित पुरानो मूर्ति भत्किन थालेपछि उत्तरी भागमा नयाँ मूर्ति बनाइएको किचकबध धार्मिक तथा ऐतिहासिक पर्यटकीयस्थल संरक्षण समितिका अध्यक्ष दिलबहादुर थेबेले बताए । सतीदेवी, विष्णुपादुका र शिवको मन्दिर पनि यहाँ छ । त्यसका कारण नेपालगञ्ज, जनकपुर, धनुषा, विराटनगर र भारतको विहारबाट यहाँ अवलोकन गर्न तथा वनभोज खानका लागि आउने गरेको उनले बताए ।
“यहाँ शनिबार र बिदाका दिन वनभोजका लागि स्थान पाउन मुस्किल हुने गरेको छ”, अध्यक्ष थेबेले भने, “विहारसँग सीमा जोडिएको हुँदा दैनिक उतैदेखि पनि घुम्न र वनभोजका लागि पर्यटक आउँछन् ।”
बिजुली, खानेपानी र शौचालयको राम्रो व्यवस्था तथा सुरक्षाको दृष्टिकोणले पनि सुरक्षित भएका कारण किचकबधमा पर्यटकको चाप बढेको उनको भनाइ छ । त्यहाँ प्रहरीको अस्थायी विट र सेनाको ब्यारेक छ । वनभोजका लागि रु पाँच सय र चिल्ड्रेन पार्क प्रवेशमा रु ३० मात्र शुल्क लिइने गरेको उनले बताए ।
किचकबध पुग्नका लागि भद्रपुरबाट सगरमाथा चोकसम्म कालोपत्र सडक छ भने सो स्थानबाट पूर्व एक किलोमिटर ग्राभेल सडक छ । नगरपालिकाले हाल सो स्थानमा पुग्न कालोपत्रसहितको ‘रिङरोड’ नै निर्माण गरेको अध्यक्ष थेबेले बताए । महाभारत कथामा पाँच पाण्डवकी रानी द्रौपदीमाथि कुदृष्टि राख्ने ‘किचक’ नामको पात्रलाई मारिएको स्थान भएकाले यस ठाउँको नाम ‘किचकबध’ रहन गएको किंवदन्ती छ । यस क्षेत्रमा दुई हजार वर्षभन्दा पहिलेको दरबार, किल्ला, पर्खाल, भाँडाकुँडा र इँटा पुरातत्व विभागको उत्खननबाट फेला परिसकेको छ ।
वरिपरि गहिरो खेती हुने कोसौँ टाढासम्मको उर्वर फाँटको बीचमा अग्लो डाँडामा किचकबधस्थल रहेको छ । हरेक वर्ष माघ शुक्ल पूर्णिमाका दिन यहाँ धार्मिक मेला लाग्दै आएको छ भने मेलामा सबै धर्म र सम्प्रदायका मानिसको घुइँचो लाग्ने गरेको अध्यक्ष थेबेले बताए ।
पुराणकालीन महाभारत कथाको किंवदन्ती जोडिएको झापाको महत्त्वपूर्ण स्थल भएको हुँदा किचकबधमा पर्यटकीय आकर्षणयुक्त वातावरण बनाउन र भौतिक संरचना निर्माणमा विगतमा स्थानीय, प्रदेश र सङ्घीय सरकारले सहयोग गरेको थियो ।
पर्यटक आकर्षित गर्न सक्दा यस क्षेत्रकै विकासमा टेवा पुग्ने भए पनि हाल कहीँकतैबाट सहयोग पाउन नसकेको उनको भनाइ छ । समितिले वनभोजस्थल, बाल उद्यान, सामुदायिक भवन, झोलुङ्गे पुललगायतका संरचना निर्माण भएको जनाएको छ ।
Comments
अरु समाचार
-
कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा राजेन्द्र अधिकारी नियुक्त
काठमाडौं । कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा डा राजेन्द्र अधिकारी नियुक्त भएका छन् । कोशी प्रदेश सरकार मन्त्रिपरिषद्को आजको बैठकले...
-
पाथीभरा केबलकार निर्माणको विरोधमा दुइ दिन तमोर कोरिडोर बन्द
काठमाडौं । पाथीभरा केबलकार निर्माण विरोध गर्दै आज र भोलि तमोर कोरिडोर बन्द घोषणा भएको छ । विभिन्न ६ संस्थाले...
-
कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिदै
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिने भएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले कोशी प्रदेशसभाको...
-
केही पहाडी उच्च स्थानमा हिमपात र केही ठाउँमा वर्षा
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा स्थानीय र पश्चिमी वायुका साथै भारतको बिहार आसपास...
-
एक सातासम्म मेघगर्जनसहित पानी पर्ने,चट्याङबाट जोगिन विज्ञको आग्रह
काठमाडौं । अहिले नेपालमा सक्रिय मौसमी प्रणाली आगामी केही दिनसम्म रहने भएकाले यो साताभरि नै देशका विभिन्न भागमा मेघगर्जनसहित पानी...
-
कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मत कार्की नियुक्त
विराटनगर । नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की कोशी प्रदेशकाे मुख्यमन्त्री नियुक्त भएका छन् । एमाले र...
-
कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीको दाबी पेश
काठमाडाैं । कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीको दाबी पेश भएको छ। नेकपा एमाले र माओवादी केन्द्रका ५२ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित...
-
सर्वोच्च जाने तयारीमा केदार कार्की
काठमाडाैँ । प्रदेश प्रमुखको कार्यालयले नयाँ सरकार गठनको आह्वान गरेसँगै कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की अदालत जाने तयारीमा रहेका छन्।...
-
तुम्लिङटार विमानस्थलमा बाह्र दिनदेखि उडान ठप्प
काठमाडाैँ । सङ्खुवासभाको तुम्लिङटार विमानस्थलमा १२ दिनदेखि उडान ठप्प भएको छ। विमानस्थल तुवाँलोले ढाकेपछि १२ दिनदेखि उडान ठप्प भएको हो। वैशाख...