ताजा समाचार

पुलिसले जित्यो प्रधानमन्त्री कप क्रिकेट उपाधि

काठमाडाैँ । विभागीय टिम नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।
शनिबार त्रिवि मैदानमा भएको फाइनल खेलमा अर्को विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले पराजित गर्दै पुलिसले उपाधि चुमेको हो ।
पहिला ब्याटिङ गरेको आर्मीले ४९.५ ओभरमा अलआउट हुँदा १८१ रन बनाएको थियो । जवाफमा पुलिसले चार विकेटको क्षतिमा ३७.५ ओभरमा लक्ष्य पूरा गरेको हो । पुलिसको जितमा बलिङतर्फ ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीले तीन तीन विकेट लिए भने ब्याटिङतर्फ शंकर रानाले अर्धशतक बनाए । रानाले ६२ रन नटआउट बनाउने क्रममा छक्का प्रहार गर्दै टिमलाई उपाधि दिलाएका थिए ।
जारी प्रतियोगितामा पुलिस आफूले खेलेका सबै १० खेलमा अपराजि रह्यो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org