ताजा समाचार

आर्मी बन्यो आहा रारा पोखरा गोल्डकपको च्याम्पियन

पोखरा । त्रिभुवन आर्मी क्लब २३औं संस्करणको आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ । पोखरा रंगशालामा आज भएको फाइनल खेलमा थ्री स्टार क्लबलाई ३-० ले पराजित गर्दै आर्मी पहिलोपटक च्याम्पियन बनेको हो ।

यसअघि ४ पटकसम्म फाइनल पुगेर उपाधि जित्न सकेको थिएन । आर्मीको जितमा जिलेस्पी जंग कार्की, फत्तेमान घले र बसन्त जिम्बाले एक/एक गोल गरे । जिलेस्पीले खेलको ३८औं मिनेटमा गोल गर्दै आर्मीलाई पहिलो अग्रता दिलाएका थिए ।

आर्मीका फत्तेमान घलेले खेलको ८३ औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाए । आर्मीका लागि अन्तिम समयमा बसन्त जिम्बाले तेस्रो गोल गरेका थिए । च्याम्पियन बनेको आर्मीले १२ लाख एक हजारसहित ट्रफी हार पार्‍यो । फाइनलमा पराजित थ्री स्टारले ६ लाख एक हजारमा चित्त बुझाउनु पर्‍यो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org