ताजा समाचार

क्यानडाविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल, सूर्य र रिजनको ‘डेब्यू’

क्यानडाविरुद्धको तीन ओडीआई सिरिजअन्तर्गत​अन्तर्गत पहिलो खेलमा नेपालले पहिला ब्याटिङ गर्ने भएको छ ।

त्रिवि क्रिकेट मैदानमा बिहीबार बिहान कप्तान रोहित पौडेलले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका हुन् ।

नेपालले डब्लुसीएल लिग टूको तयारी स्वरूप क्यानडाविरुद्ध सिरिजको आयोजना गरेको हो । आजको खेलमा स्पीनर सूर्य तामाङ र रिजन ढकालले डेब्यू गरेका छन् ।देव खनाल, हेमन्त धामी, आकाश चन्द्र र अनिल साह बेन्चमा छन् ।

सन् २०१८ मा पहिलो पटक एकदिवसीय मान्यता पाएपछि नेपालले क्याडनासँग पहिलो पटक एकदिवसीय औपचारिक खेल खेल्न लागेको हो ।

नेपालको प्लेइङ एघारमा कप्तान रोहित पौडेलसहित कुशल भुर्तेल, सूर्य तामाङ, आसिफ शेख, कुशल मल्ल, भीम सार्की, आरिफ शेख, पवन सर्राफ, रिजन ढकाल, ललित राजवंशी र सोमपाल कामी छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org