वसन्त पर्वको सांस्कृतिक प्रस्तुति र मैत्रीपूर्ण फुटबलले गुञ्जियो काठमाडौं
काठमाडाैँ । चिनियाँ परम्परागत नयाँ वर्ष तथा वसन्त चाडको उपलक्ष्यमा काठमाडौंमा मैत्रीपूर्ण फुटबल प्रतिस्पर्धा शुरु भएको छ ।
दुबै मुलुकबाट २३ वर्षभन्दा मुनिका खेलाडीहरुबीचको प्रतिस्पर्धा दशरथ रंगशालामा भइरहेको छ ।
यसअघि रंगशालामा विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको प्रमुख आतिथ्यमा जारी कार्यक्रममा नेपाली चिनियाँ कलाकार तथा खेलाडीले आफ्नो कला प्रस्तुत गरेका छन् ।
भव्य सांस्कृतिक समारोहमा खेलाडीहरुले उसु र कराँते खेलको कौशल प्रस्तुत गरेका छन् । नेपाली सांगीतिक ब्याण्ड कुटुम्बको लाइभ प्रस्तुति रहेको सांस्कृतिक कार्यक्रमपछिको फुटबल प्रतिस्पर्धामा नेपाली र चिनियाँ दर्शकहरुको बाक्लो उपस्थिति छ ।
कार्यक्रममा कलाकारहरुले ड्रागन, लायन र किरिन नृत्य प्रस्तुत गरेका छन् । आजै बिहान राजधानीको दरबारमार्गमा पनि ती नृत्य देखाइएको थियो । हिजो ठमेलमा वसन्त चाडको पूर्वसन्ध्यामा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।
चिनियाँ पात्रोअनुसार आजदेखि शुरु भएको नयाँ वर्ष ड्रागन वर्ष हो । आजदेखि चिनियाँहरुको दशैं अर्थात वसन्त चाड शुभारम्भ भएको छ भने आजै तामाङ्ग जातिको ल्होसार पर्व पनि हो ।
युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बू र चिनियाँ राजदूत छन सोङ्गसहित समाजका गण्यमान्य ब्यक्तिहरु,सबै उमेर र तप्काका खेलप्रेमीहरुले समेत कार्यक्रममा भव्य सहभागिता जनाइरहेका छन् ।
Comments
अरु समाचार
-
साविक उपाधि विजेता चेन्नेइलाई स्तव्ध पार्दै बेंग्लुरु आईपीएलको प्लेअफमा
काठमाडौं । चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलोरू (आरसिबी) इन्डियन प्रिमियर लिग (आईपीएल) को प्लेअफमा पुगेको छ। गएराति...
-
सुदूरपश्चिम प्रदेश महिला क्रिकेटको फाइनलमा
काठमाडौं । सुदूरपश्चिम प्रदेश ललितपुर मेयर कप राष्ट्रिय महिला टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । सुदूरपश्चिमले बागमती...
-
आईपीएलमा आज मुम्बई इन्डियन्स र लखनउ सुपर भिड्दै
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज मुम्बई इन्डियन्स र लखनउ सुपर जाएन्ट्स खेल्दैछन् । यी दुई देशको खेल...
-
बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ, विश्वकप खेल्न पठाउने क्यानको तयारी
काठमाडौं । क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले सफाइ दिएको छ । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासले...
-
क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले दियो सफाइ
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिएको छ । जिल्ला अदालत काठमाडौंले गरेको फैसला उल्टाउँदै...
-
अखिल नेपाल ब्याडमिन्टन संघ गठन: अध्यक्षमा तिलक, महासचिवमा बेनुप
काठमाडौं । नेपाल ब्याडमिन्टन संघका कोषाध्यक्ष तिलक पाण्डेको अध्यक्षतामा अखिल नेपाल ब्याडमिन्टन संघ गठन भएको छ। सत्तारुढ दल नेकपा माओवादी...
-
आईपीएल: मुम्बईलाई पराजित गरेसँगै कोलकाता शीर्ष स्थानमा
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा शीर्ष स्थानको कोलकाता नाइट राइडर्सले मुम्बई इन्डियन्सलाई १८ रनले पराजित...
-
युरोपेली च्याम्पियन्स लिगको फाइनलमा रियल मड्रिड
काठमाडाैँ । रियल मड्रिड युरोपेली च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । च्याम्पियन्स लिगअन्तर्गत गए रात भएको सेमिफाइनलको दोस्रो लेगमा...
-
आईपीएलः आज पञ्जाब किंग्स र रोयल च्यालेन्जर्सबीच भिडन्त हुँदै
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा सनराइजर्स हैदरावादले लखनउ सुपर जायन्ट्समाथि १० विकेटको ऐतिहासिक जित निकालेको...