ताजा समाचार

त्रिभुवन विश्वविद्यालय उपकुलपतिका प्रतिस्पर्धीको अन्तर्वार्ता आइतबार

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका प्रतिस्पर्धीहरूको अन्तर्वार्ता आइतबार हुने भएको छ ।

छनोट तथा सिफारिस समितिले सर्ट लिस्टमा परेका १४ उम्मेदवारको अन्तर्वार्ता फागुन ६ गते (आइतबार) लिन लागेको हो ।

उनीहरूको अन्तर्वार्ता बिहान ८ः३० बजेदेखि सुरू हुने समितिले सूचनामार्फत जानकारी दिएको छ । विज्ञ र छनोट समितिका सदस्यहरूले अन्तर्वार्ता लिने छन् ।

उम्मेदवारहलाई बढीमा आधा घण्टाको समय दिएर अन्तर्वार्ता लिइने समितिले जनाएको छ ।

त्रिविको उपकुलपतिको लागि आवेदन दिएका ४३ मध्ये १४ जना सर्ट लिष्टमा परेका थिए । सर्ट लिष्टमा परेका उनीहरूको माघ २९ गतेदेखि फागुन २ गतेसम्म सोचपत्र र व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण गरिएको थियो ।

उक्त कार्य सकिएपछि समितिले अन्तर्वार्ता लिन लागेको हो । अन्तर्वार्तापछि समितिले त्रिविको उपकुलपतिका लागि तीन जनाको नाम कुलपति समक्ष सिफारिस गर्नेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org