‘युवापुस्ताप्रति विश्वास जगाउन आवश्यक’
काठमाडौं । गैरसरकारी संस्था महासङ्घ नेपालले संविधान कार्यान्वयन गर्न, लोकतन्त्रको आधारस्तम्भलाई थप बलियो बनाउनकालागि युवापुस्तामा वर्तमान व्यवस्थाप्रति विश्वास जगाउनुपर्नेमा जोड दिएको छ ।
महासङ्घको २९औँ वार्षिक साधारणसभाबाट पारित गरेको ३१ बुँदे ‘नागरिक घोषणापत्र २०८०’ आज सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा लोकतन्त्रको आधारस्तम्भलाई थप बलियो बनाउन आमनागरिक र विशेषतः युवापुस्तालाई वर्तमान व्यवस्थाप्रति विश्वास जगाउनुपर्ने आवश्यकता औँल्याइएको हो ।
महासङ्घको घोषणापत्रका भनिएको छ, “देशको प्रणालीगत सुधारका लागि पैरवी गर्न र नागरिक अभियानलाई सशक्त बनाई नागरिक सङ्घसंस्था र आमनागरिक समाजलाई एकीकृत गरी स्थानीयस्तरमा नागरिक समाज सञ्जाल गठन गरी प्रभावकारी परिचालन गर्न प्रतिबद्धता व्यक्त गर्दछौँ ।”
महासङ्घको यही फागुन ५ गते आयोजित साधारणसभामा सबै प्रदेश र जिल्लाबाट सहभागी सामाजिक अभियन्ता तथा नागरिक अगुवाको उपस्थितिमा घोषणापत्र जारी भएको हो । घोषणापत्रमा नेपालको संविधानले प्रत्याभूत गरेका मौलिक हकलाई सबै तहका नागरिकले अनुभूत हुनेगरी ऐन कानुन निर्माण गरी कार्यान्वयनको माग गरिएको छ ।
संविधानले व्यवस्था गरेका तीनै तहका सरकारका एकल तथा साझा अधिकार कार्यान्वयनमा पर्याप्त तथा स्पष्ट कानुन नबन्दा अन्योल सिर्जना भई नागरिक सङ्घसङ्गठनका अभियानमा प्रत्यक्ष प्रभाव परेकाले सोको तत्काल सम्बोधन गर्न माग गरिएको छ ।
राजनीतिक परिवर्तनका लागि दल सँगसँगै अग्रमोर्चामा रहेका नागरिक सङ्घसङ्गठन लोकतान्तिक गणतन्त्रपश्चात् पनि पञ्चायतकालीन कानुनबाट शासित हुनु परिरहेको तीतो यथार्थको भण्डाफोर गर्दै तत्काल मानव अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय सन्धि तथा मान्यता र नेपालको संविधानको मौलिक हकको मर्मलाई आत्मसात् गर्दै नागरिक सङ्घ सङ्गठनमैत्री समय सापेक्ष कानुन निर्माणका निमित्त माग गरेको छ ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थापछि नागरिकले देशमा सुशासन कायम, प्रणालीगत सुधार र दिगो विकास हुने अपेक्षा गरिएको भएपनि देशमा अनुकुल वातावरण नहँुदा युवा तथा बौद्धिक जनशक्ति र राष्ट्रिय पु‘जी पलायन र आर्थिक असमानता बढेकोप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सुदृढीकरणका लागि सरकारसँग माग घोषणापत्रमा गरिएको छ ।
महासङ्घले समाजको सबैभन्दा पछाडि पारिएको र बहिष्करणमा पारिएको वर्ग र समुदायलाई विकासको मूलधारमा समावेश गराउन लक्षित वर्गका लागि सामाजिक परिचालनको कार्य नागरिक सङ्घसङ्गठनमार्फत साझेदारीमा गर्न माग गरेको छ ।
सरकारको तीनखम्बे अर्थ नीतिबारे चौतर्फी गम्भीर प्रश्न उठिरहेको अवस्थामा कतिपय सहकारी र लघुवित्तका चक्रिय ब्याजका कारण नागरिकको उठिबास भइरहेको, साथै व्यापारी घरानाले करछुट लिने, कर छली गर्ने, सरकारी जमिन हड्प्नेलगायत काममा सरकारको ध्यानार्कषण घोषणापत्रमा गराइएको छ ।
कानुनतः आयआर्जन गर्ने र मुनाफा कमाउने मान्यता नभएका सामाजिक सङ्घसंस्थालाई व्यावसायिक प्रतिष्ठानसरह हेर्ने दृष्टिकोण तत्काल सुधार गरी भ्याट र आयकरका नाममा झन्झट सिर्जना नगर्न सम्बन्धित निकायसँग माग गर्नेलगायत रहेका छन् ।
महासङ्घका केन्द्रीय अध्यक्ष रामप्रसाद सुवेदीले गैरसरकारी संस्थाले ऋणमा नभई वैदेशिक सहयतामा मुलुकको विकास र समृद्धिका लागि काम गर्ने गरेको स्मरण गराउँदै राज्यका सबै निकायसँग साझेदारी, खबरदारी र पहरेदारी गर्न आग्रह गर्नुभयो । महासङ्घमा छ हजार पाँच सय १९ सङ्घसंस्था आबद्ध छन् ।
Comments
अरु समाचार
-
‘प्रधानमन्त्री छोरी आत्मनिर्भरता’ भन्ने सुनेपछि संसदमा हाँसोको फोहरा
काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले झण्डै २ घण्टा लगाएर सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरे । मंगलबार संसदको दुवै सदनमा...
-
सर्वोच्च अदालतमा अनलाइनबाटै मुद्दा दर्ता गर्न सकिने
काठमाडौँ, १ जेठः सर्वोच्च अदालतमा आजदेखि अनलाइनमार्फत मुद्दा दर्ता र पेसीको सूचना स्वचालितरुपमा पठाउने प्रणालीको शुभारम्भ भएको छ । प्रधानन्यायाधीश...
-
राष्ट्रपति पौडेलबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत
काठमाडौँ, १ जेठः सङ्घीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८१र८२ को वार्षिक नीति तथा...
-
सभामुखको आग्रहमा कांग्रेस लचिलो,संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सङ्घीय संसद्मा नेपाल सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने भएको...
-
संसद्को गतिरोध अन्त्य गर्न सभामुख सक्रिय
काठमाडौं । नीति तथा कार्यक्रमको तयारीबारे सभामुख देवराज घिमिरेले प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उपप्रधान एवं...
-
मन्त्रिपरिषद्बाट १६औं पञ्चवर्षीय योजना पारित
काठमाडौं । मन्त्रिपरिषद्बाट १६ औं पञ्चवर्षीय योजना पारितपारित भएको छ। मंगलवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले १६औं पञ्चवर्षीय योजना पारित गरेको...
-
गणतन्त्र दिवस मौलिकरूपमा मनाउन प्रधानमन्त्रीको निर्देशन
काठमडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र दिवस मौलिक एवं रचनात्मक तवरले मनाउन निर्देशन दिएका छन् । उनले यस वर्षको...
-
गिरीबन्धु टी-स्टेटलाई व्यवस्थित गर्न तत्कालीन प्रधानमन्त्री ओलीको नीतिगत निर्णय : शंकर पोखरेल
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गिरीबन्धु टी-स्टेटमा नीतिगत निर्णय गरेको ठोकुवा गरेका छन्...
-
सभामुखद्वारा सदन खुलाउन छलफल
काठमाडौं । नेपाल सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको तयारीबारे सभामुख देवराज घिमिरेले आज प्रमुख विपक्षी दल नेपाली कांग्रेसका...