साफ महिला च्याम्पियनसिप: नेपालले आज बङ्गलादेशसँग खेल्ने
काठमाण्डौ । १६ वर्षमुनिको साफ महिला च्याम्पियनसिपमा नेपालले आज बङ्गलादेशसँग खेल्दैछ । खेल दिउँसो ३ बजेपछि एन्फा कम्प्लेक्स सातदोबाटोमा शुरु हुनेछ । प्रतियोगितामा नेपाल, भारत, बङ्गलादेश र भुटान सहभागी छन् । नेपाल प्रतियोगिताको साविक विजेता हो ।
सन् २०२२ मा बङ्गलादेशमा भएको प्रतियोगितामा नेपालले घरेलु टोली बङ्गलादेशलाई हराउँदै पहिलो पटक उपाधि जितेको थियो । हिजोदेखि शुरु भएको प्रतियोगितामा भारतले विजयी शुरुवात गरेको छ । उद्घाटन खेलमा भारतले भुटानलाई ७–० गोलको फराकिलो अन्तरले हरायो ।
सिङ्गल राउन्डमा हुने प्रतियोगितामा सहभागी हरेक टोलीले एक–आपसमा खेल्नेछन् । लिग चरणका ६ खेलपछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् । फाइनल खेल यही फागुन २७ गते हुनेछ । यसअघि १५ वर्षमुनिको उमेर समूहमा आयोजना हुँदै आएको प्रतियोगिता यो संस्करणदेखि १६ वर्षमुनिको उमेर समूहमा खेलिन लागेको हो ।
Comments
अरु समाचार
-
नेपाल प्रहरीले काठमाडौँ उपत्यकामा निःशुल्क बस चलाउँदै
काठमाडौँ । नेपाल प्रहरीले विजयादशमीको अवसरमा आज काठमाडौँ उपत्यकामा निःशुल्क रूपमा बस सेवा सञ्चालन गरिने जनाएको छ । सार्वजनिक यातायातका...
-
आपसी सहयोग र सदभावका साथ विजया दशमी मनाउनुहोस्ः प्रधानमन्त्री
काठमाडौँ।प्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिक विपद्ले दिएको पीडाकाबिच आपसी सहयोग र सदभावका साथ विजया दशमी मनाउन अनुरोध गर्नुभएको छ ।...
-
आश्विन शुक्ल दशमीः हर्षोल्लासका साथ विजया दशमी मनाइँदै
काठमाडौँ। बडादसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक...
-
तीन सय वर्षभन्दा लामो इतिहासको साक्षी एकहाते देवी मन्दिर
गण्डकी । पोखरा महानगरपालिका वडा नं २१ रामदीस्थित एकहाते देवी मन्दिरमा १७औँ शताब्दीदेखि नै पूजाआजा हुँदै आएको छ । साविक...
-
आजको राशिफल : २०८१ साल असोज २६ गते शनिबार
मेष : चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ। दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धनसमेत कसिलो हुनेछ। लगानी गर्दा व्यवसायमा...
-
दशैंलगत्तै अर्का चिनियाँ नेता नेपाल आउँदै
काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीको छिङहाइ प्रान्तीय कमिटीका सचिव छन काङ्ग नेपाल आउन लाग्नुभएको छ । सरकारी उच्च स्रोतका अनुसार...
-
बिपी राजमार्गमा आजबाट पुनः सञ्चालनमा ल्याइने
काठमाडौं । बाढी पहिरो र डुबानले तहसनहस बनाएको बिपी राजमार्गमा आजबाट पुनः सञ्चालनमा ल्याइने भएको छ । अहिले बिहान १०...
-
जसलाई दसैँले छोएन
काठमाडौं । न्युरोडको बन्द पसलको अगाडि घमाइलो दिनमा पनि ज्याकेटले छापेको शरीर, शीरमा बाक्लो टोपी अनि काँधमा झुण्डिएको नाम्लो ।...
-
आश्विन शुक्ल अष्टमीः महाअष्टमी पर्व मनाइँदै
काठमाडौं । आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीहरुले बडादसैँका रुपमा दुर्गा भवानीको विशेष पूजा आराधना गरी भव्यरुपमा...