बेगनासमा चिनियाँ सांस्कृतिक खेल ‘ड्रागन बोट रेस’
काठमाडाैँ । पर्यटनको राजधानी पोखरामा भएको पहिलो राष्ट्रिय ड्रागन डुंगा दौडको उपाधि वाटर स्पोट्स नेपाल र नारा नेपालले जितेका छन् ।
पोखराको दोस्रो ठुलो ताल बेगनासमा भएको प्रतियोगिताको पाँच सय मिटरतर्फ वाटर स्पोट्स नेपाल र दुई सय मिटरतर्फ नेपाल र्याफ्टिङ एसोसिएसन (नारा) नेपाल प्रथम बने ।
दुई सय मिटरको खेल आइतबार र पाँच सय मिटरका खेल सोमबार साँझ भएका हुन् । वाटर स्पोट्सले एक मिनेट ५७ सेकेन्डमा निर्धारित दूरी पार गरेको थियो । प्रथम बनेको वाटर स्पोट्सले दुई लाख, दोस्रो नारा नेपालले एक लाख ५० हजार र तेस्रो बनेको नेपाली सेनाले ७५ हजार नगदसहित प्रमाणपत्र पाएका छन् । दुई सय मिटरमा प्रथम बनेको नारा नेपालले एक लाख, दोस्रो बन्दै वाटर स्पोट्र्सले ५० हजार र तेस्रो बन्दै हर्पन फेवा मत्स्य सहकारी जलारी समूहले २५ हजारसहित प्रमाणपत्र पाएका छन् ।
महिलातर्फ पाँच सय मिटरमा बेगनास डुंगा व्यवसायी समिति पहिलो, बेगनास मत्स्य व्यवसायी समिति दोस्रो र जलारी दिदीबहिनी समूह तेस्रो भएका छन् । महिलातर्फकै दुई सय मिटरमा बेगनास मत्स्य व्यवसायी समिति, बेगनास डुंगा व्यवसायी समिति र जलारी दिदीबहिनी समूह क्रमशः पहिलो, दोस्रो र तेस्रो बने । महिलातर्फ दुवै इभेन्टका पहिलो, दोस्रो र तेस्रो समूहले क्रमशः नगद एक लाख, ५० हजार र २५ हजारका साथमा प्रमाणपत्र पाए ।
प्रतियोगितामा तीन महिला टिम र ११ पुरुषका गरी १४ टिम सहभागी थिए । नेपाल पर्यटन बोर्ड गण्डकी र पोखरा महानगर आयोजक रहेको प्रतियोगितालाई नेपाल ड्रागन बोट सङ्घ गण्डकी प्रदेश र होटेल तथा रेस्टुरेन्ट एसोसिएसन लेखनाथले सह आयोजकका रूपमा सघाएका थिए ।
चीनबाट सुरु भएको ड्रागन बोट रेस ड्रागनको आकृति भएको डुंगा दौड हो । १२ जना सवार जुन डुंगाले निर्धारित दूरी कम समयमा पार गर्छ, त्यही समूह विजयी हुन्छ । पोखराको फेवातालमा गएको असार दोस्रो साता ड्रागन बोट रेस भएको थियो । त्यही बेला ल्याइएका आठ विशेष डुंगा प्रतियोगितामा प्रयोग गरिएका थिए ।
Comments
अरु समाचार
-
कञ्चनजङ्घा क्षेत्रमा २०५७ यताकै पर्यटक आगमन उच्च
काठमाडौं । कञ्चनजङ्घा क्षेत्रमा पर्यटक आगमनमा वृद्धि भएको छ । हाल यो क्षेत्रमा आन्तरिक र बाह्य पर्यटकको ताँती लागेको छ...
-
पर्यटकीय गन्तव्य बन्दै लमजुङको करपुरेश्वर उद्यान
काठमाडौं । लमजुङ बेँसीसहर नगरपालिका–८ स्थित करपुरेश्वर पार्क पर्यटकको नयाँ गन्तव्य बन्दै गएको छ । यहाँ बेँसीसहर नगरपालिकाले उद्यान निर्माण...
-
चिसो बढेसँगै कालीगण्डकीमा जलयात्रा बन्द
काठमाडौं । चिसो बढेसँगै कालीगण्डकी नदीमा सञ्चालित र्याफ्टिङ (जलयात्रा) बन्द भएको छ। वर्षायाममा पानीको बहाब घटेसँगै असोजदेखि सुरु भएको जलयात्रा...
-
पोखराको पर्यटकीय मौसम सुरु, ‘अकुपेन्सी’ घट्दा व्यवसायी चिन्तित
काठमाडौं । हिमशृङ्खला, तालतलैयाका मनमोहक दृश्यले पर्यटकलाई लोभ्याउने पोखरामा पर्यटकीय मौसम सुरु भए पनि पर्यटकको चाप बढ्न नसक्दा पर्यटन व्यवसायी...
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
काठमाडौं। बागलुङको गलकोट दरबारमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्न थालेको छ । गलकोट नगरपालिका–५ हरिचौरस्थित दरबारको जीर्णोद्वारपछि दैनिक पर्यटकको...
-
अन्नपूर्णको आधार शिविर क्षेत्रमा पर्यटकको चहलपहल बढ्दा पर्यटन व्यावसायी उत्साहित
काठमाडौं । म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर क्षेत्रमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । दसैँको...
-
घोडेपानीमा आन्तरिक पर्यटकलाई छुट
काठमाडौं । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने पर्यटकीयस्थल घोडेपानीका होटल व्यवसायीले आन्तरिक पर्यटकलाई छुट दिन थालेका छन् । घोडेपानी टोल...
-
प्रतिकुल मौसम कारण एक हजार बढी पर्यटक मन्थलीमा रोकिए
काठमाडौं । सोलुखुम्बुको लुक्ला जान मन्थली आएका एक हजार बढी विदेशी पर्यटक दुई दिनदेखि रोकिएका छन् । काठमाडौँबाट मन्थलीसम्म सडकबाट...
-
पर्वतको पर्यटकीय क्षेत्रमा पर्यटकको चहलपहल
काठमाडौं । साहसिक पर्यटकीय पूर्वाधार बढेसँगै जिल्लामा बडादसैँ पछि आन्तरिक तथा बाह्य पर्यटकहरुको आकर्षण बढेको छ । बडादसैँ मनाएर सकिएपछि...