ताजा समाचार

सिटीलाई पेनाल्टी सुटआउटमा हराउँदै रियल सेमिफाइनलमा

काठमाडौँ। साविक विजेता म्यानचेस्टर सिटीलाई पेनाल्टी सुटआउटमा हराउँदै रियल मड्रिड यूईएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ।

इतिहाद स्टेडियममा बुधबार सम्पन्न खेलमा घरेलु टोली सिटीलाई पेनाल्टी सुटआउटमा ४–३ गोल अन्तरले हराउँदै स्पेनिस क्लब रियल अन्तिम चारमा पुगेको हो।

रियलको मैदानमा भएको पहिलो लेग ३–३ गोलको बराबरीमा टुंगिएको थियो। दोस्रो लेग पनि १–१ गोलको बराबरीमा सकियो।

त्यसपछि थप गरिएको अतिरिक्त समयमा पनि दुवै टोलीबाट गोल हुन नसकेपछि खेल समग्रमा ४–४ को बराबरीमा सकियो। त्यसपछि खेलको छिनोफानफ पेनाल्टी सुटआउटबाट गरिएको थियो।

पेनाल्टीसुटआउटमा सिटीका जुलियन अल्भारेज, फिल फोडेन र एडरसन मोरेसले गोल गरे। बर्नाडो सिल्भा र माटेओ कोभासिकले भने गोल गर्न सकेनन्। रियलका लागि जुड बेलिङ्गम, लुकास भाजक्वेज, नाचो फर्नान्डेज र एन्टोनियो रुडिगरले गोल गरे। लुका मोड्रिचले भने गोल गर्न सकेनन्।

त्यसअघि खेलको १२औँ मिनेमा रोड्रिगोले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए। तर, ७६औँ मिनेटमा केभिन डी ब्रुएनाले गोल गर्दै खेल बराबरीमा ल्याए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org