वेस्ट इन्डिज ‘ए’द्वारा नेपालसामु २२८ रनको लक्ष्य
काठमाडौं । टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ले नेपालसामु जितका लागि दुई सय २८ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको वेस्ट इन्डिज ‘ए’ले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै दुई सय २८ रनको योगफल बनायो ।
वेस्ट इन्डिज ‘ए’का लागि जोनसन चाल्र्सले शतकीय पारी खेले । उनले ६१ बलमा १३ चौका र सात छक्काको मद्दतमा एक सय १९ रन बनाए । यस्तै आन्द्रे फ्लेचरले ५३ रन बनाए । उनले ३३ बल खेल्ने क्रममा चार चौका र र तीन छक्का हाने । यस्तै फबिएन एलेनले १९, एलिक एथानाजेले १७ तथा किमो पलले अविजित १३ रन बनाए ।
बलिङतर्फ नेपालका लागि करण केसी र सागर ढकालले एक एक विकेट लिए । नेपाल अहिले जवाफी ब्याटिङ गरिरहेको छ ।
Comments
अरु समाचार
-
टी-२० क्रिकेट: स्कटल्यान्डमाथि नेपालको दुई विकेटको जित
काठमाडौं । स्कटल्यान्डमा चलिरहेको त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको आफ्नो दोस्रो खेलमा नेपालले घरेलु टोलीलाई हराएको छ ।गएराति भएकोे खेलमा...
-
त्रिदेशीय टी–२० क्रिकेट: आज नेपाल र स्कटल्यान्डको भिडन्त
काठमाडौं । त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाको दोस्रो खेलमा नेपालले आज घरेलु टोली स्कटल्यान्डसँग खेल्दैछ । खेल नेपाली समयअनुसार बेलुका पौने...
-
आज नेपाली क्रिकेट टोलीले १०० औं टी-२०आई खेल्दै, यस्ता छन् किर्तिमान….
काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिजको पहिलो खेलमा नेपाल आज नेदरल्यान्ड्ससँग खेल्दैछ । सोमबार स्कटल्यान्ड भ्रमणमा रहेको नेपालले सिरिजको पहिलो खेल...
-
फिफा क्लब विश्वकपको पहिलो खेलमा रोकियो इन्टर मियामी
काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाको आयोजनामा आजदेखि सुरु भएको फिफा क्लब विश्वकपको पहिलो खेलमा अमेरिकाको इन्टर मियामी र...
-
नेपाल र वेस्ट इन्डिजबीच टी २० आई सिरिज (खेल तालिका सहित)
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली टोली र वेस्ट इन्डिजबिचको ऐतिहासिक टी–२० शृंखला खेल्ने घोषणा गरेसँगै आम नेपाली क्रिकेट...
-
गुल्शन र सोमपालले टी-२० सिरिज पनि गुमाउने
काठमाडौं । नेपाली क्रिकेट टीमका महत्वपूर्ण दुई सदस्य सोमपाल कामी र गुल्शन झाले आज नेदरल्यान्ड्स विरुद्धको म्याचका साथै आगामी त्रिकोणात्मक...
-
नेदल्यान्ड्सविरुद्ध नेपालले पहिला ब्याटिङ गर्ने, सोमपाल र गुल्शन चोटग्रस्त बन्दा नेपाललाई झट्का
काठमाडौं । नेदरल्यान्ड्सले विश्वकप क्रिकेट लिग–२ मा नेपालविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । नेदरल्यान्ड्सका कप्तान स्कट इडवार्डसले डन्डीको फोर्टहिलमा...
-
आइसीसी क्रिकेट विश्वकप लिग-२: आज नेपाल र नेदरल्याण्ड्सबीच खेल हुँदै
काठमाडौं । आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत चौथो श्रृङ्खलाको अन्तिम खेल आज नेपालले नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ । स्कटल्याण्डको डन्डीस्थित फोर्थहिल...
-
स्पेनलाई हराउँदै नेसन्स लिगको उपाधि पोर्चुगललाई !
काठमाडौं । पोर्चुगलले युईएफए नेसन्स लिग फुटबलको उपाधि जितेको छ । आइतबार मध्यराति भएको फाइनलमा स्पेनलाई टाइब्रेकरमा हराउँदै पोर्चुगलले दोस्रोपटक...