ताजा समाचार

संसदमा कांग्रेसको नाराबाजी, बैठक स्थगित

काठमाडाैं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि प्रतिनिधिसभाकाे बैठक १५ मिनेटका लागि स्थगित भएकाे छ ।

सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेकाे संलग्नताबारे संसदीय छानबिन समिति गठन गर्न माग गर्दै कांग्रेस नाराबाजीमा उत्रेपछि सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।

बैठकमा कांग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति नबनेसम्म प्रतिनिधिसभा बैठकअघि बढ्न नदिने चेतावनी दिएको छ । बजेट अधिवेशनको पहिलो बैठकको सुरुमै समय लिएर बोल्दै कांग्रेस महामन्त्री गगन थापाले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन नभएसम्म प्रतिनिधिसभाको काम कारबाही अघि बढाउन नदिने चेतावनी दिएका हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org